ताजा अपडेट

ललितपुरको खोड्कु खोलाले सतर्कता तह पार गयो, सतर्क रहन आग्रह

ललितपुरको खोड्कु खोलाले सतर्कता तह पार गयो, सतर्क रहन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ । जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । विभागले आज बिहान ४ः३० बजे गरेको मापन अनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।...
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
पर्सा । पर्सामा आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एक जना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एक तिहाइले बढेको बताए । आव २०७९/८० मा भने २९ पुरुष, पाँच(पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।...
ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
चितवनको केराबारी स्थित त्रिशूलीमा बस देखिएको आशंका

चितवनको केराबारी स्थित त्रिशूलीमा बस देखिएको आशंका

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीको त्रिशूली नदीमा बस देखिएको आशंका गरिएको छ । नदीको बीचभागमा बस जस्तै आकृतिको बस्तु देखिएपछि यसको पहिचान गर्न गोताखोरलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् । गत असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसहरु चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका थिए । दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ।भने,बसमा सवार यात्रुमध्ये २५ जनाको मात्रै शव भेटिएको छ ।  ...
आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।जसको प्रभावले हाल देशभर साधरणतया बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशीलगायत बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति पनि देशभर साधरणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने, कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी व...
संविधान संशोधन गर्न खोजे सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

संविधान संशोधन गर्न खोजे सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नुमा शंकाको विषय भएको भन्दै यसो गर्न खोजे आफूहरु पुनः सडक आन्दोलन गर्न तयार भएको बताए । सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको भन्दै उनले यो गलत भएको बताए । उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर  त्यसो हुन दिने छैनौं ।’ समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीला...
मन्त्री मनाङे मन्त्रालयमा गञ्जीमै देखिएपछि सर्वत्र आलोचना

मन्त्री मनाङे मन्त्रालयमा गञ्जीमै देखिएपछि सर्वत्र आलोचना

ताजा अपडेट, ब्यानर-२, राजनीति
पोखरा।गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरूङ (दीपक मनाङे) मन्त्रालयको कुर्सीमा गञ्जीमै देखिएपछि सर्वत्र आलोचना भएको छ। मनाङेले जिम्मा पाएको मन्त्रालयमा उनी कार्यकक्षमा गञ्जीमा भेटिएपछि उनको सामाजिक सञ्जाल लगायत चौतफी आलोचना भइरहेको हो ।गञ्जीमै भेटिएका उनीमाथि सेवाग्राहीसँग अपशब्द समेत बोल्ने,कार्यकक्षमै मदिरापान गर्ने गरेको आरोप समेत लागेको छ ।  केही दिनअघि पनि मन्त्री मनाङे गञ्जीमै कार्यकक्षमा बसेर मदिरा खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बस्नु पक्कै पनि लज्जास्पद र हास्यास्पद विषय हो ।यसले उनको क्षमता र दक्षतामाथि झन ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । हालै शुक्रबार मन्त्रालय पुगेका केही सेवाग्राहीलाई पनि उनले रक्सी खाएर जान अफर गरेको पनि बताइएको छ । साथै उनले केही सेवाग्राहीका माग सम्बोधन गर्...
तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आर्थिक वर्ष २०८०/८१ मा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो । जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत...
दुई बालकमा दादुरा–रुबेला

दुई बालकमा दादुरा–रुबेला

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ । विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट ब...
चीनबाट ६५ अर्बको सामान आयात

चीनबाट ६५ अर्बको सामान आयात

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख ...