ताजा अपडेट

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।  नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ । मन्त्री गुरुङले संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन सरकार बनाएको बताए । “संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।” उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उल्लेख गरे ।...
बागमती प्रदेशका चार मन्त्रीले लिए शपथ

बागमती प्रदेशका चार मन्त्रीले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । बागमती प्रदेशमा काँग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । लामाले आफ्नै दल काँग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।खड्किलाई सामाजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मन्त्री बनेका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।...
ओसनीया क्षेत्रसँगै युरोपका थप विभिन्न देशमा साइकल यात्रा गर्दै विश्व साइकल यात्री  महर्जन

ओसनीया क्षेत्रसँगै युरोपका थप विभिन्न देशमा साइकल यात्रा गर्दै विश्व साइकल यात्री महर्जन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)काठमाडौं । विश्व साइकल यात्री तथा वातावरण अभियान्ता ज्ञान महर्जनले ओसनीया क्षेत्र र युरोपका विभिन्न देशहरुमा थप साइकल यात्रा गर्ने भएका छन् । ललितपुरको पाटनमा जन्मिएका महर्जनले विश्व शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउँदै साइकल यात्रा गरिरहेका छन्।अहिलेसम्म युरोप र एसियाका विभिन्न २२ वटा देशहरुको भ्रमण गरिसकेका उनले पहिलो पटक चीनबाट साइकल यात्रा सुरु गरेका थिए ।आज भन्दा ११ वर्ष अगाडि सन् २०१३ मा चाइनाको गे्रटवालबाट उनले यात्रा शुभारम्भ गरेको सगरमाथाप्रेस डटकमलाई बताए । विश्व साइकल यात्री महर्जनले अब भने ओसिनीया क्षेत्रका विभिन्न देशहुँदै युरोपका अन्य थप मुलुकहरुमा पनि साइकल यात्रा गर्ने तयारी गरेको बताएका छन् ।उनी भन्छन्– वातावरण संरक्षण हाम्रो देशको मात्र नभएर विश्वकै जल्दोबल्दो र चासोको विषय हो ।अहिले विश्वमा नै जलवायु परिवर्तनले नराम्रो प्रभाव पारेको छ।यसका...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ। करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ ।नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको छ । ...
सौर्य एयरलाइन्स दुर्घटना  : पाँच शव आफन्तले बुझे

सौर्य एयरलाइन्स दुर्घटना : पाँच शव आफन्तले बुझे

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न मानेका छैनन् ।दुई शव परिवारले आज बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ ।  ...
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  ...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।७६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रुपैयाँ रहेको छ ।...
पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत ।  दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् ।  ...
मौद्रिक नीति  : वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वद्धि

मौद्रिक नीति : वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । ड्राफ्ट(टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले ती माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ । ‘डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स’को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिएको छ । नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिएको छ । नीतिले विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गर्ने लक्ष्य राखिएको छ । सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने वि...
वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताउनुभएको मन्त्रालयले जनाएको छ । मन्त्री शाहीले दोधारा चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए । राजदूत श्रीवास्तवले दोधारा चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबिच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्ययन भइरहेको जानकारी गराएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।...