सौर्य विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने
काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।
आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान गरिएको छ । बाँकी ४ वटा शवको डेन्टल क्जामिनेसनमा रिर्पोट आएपछि आज शव आफन्तलाई बुझाउने तयारी छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।...









