ताजा अपडेट

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए। “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।...
रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।...
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी भट्टराई ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न रहेकी छन् । त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेर काम गरेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए(अर्थशास्त्र)तथा वे...
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

अपराध, कानुन, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।आफूलाई नेत्रविप्लव चन्द विप्लवका समुहको कार्यकर्ता भनेर चिनाउँदै पत्रकार किशोर श्रेष्ठलाई धम्काएका कपिल सि (सिजापति)लाई प्रहरीले पक्राउ गरेको छ । जनआस्था साप्ताहिकका संस्थापक तथा प्रधान सम्पादक श्रेष्ठलाई भद्दा गाली गलौजसहित ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बिजुलीबजारबाट पक्राउ गरेको हो। सो पत्रिकाको अनलाईन भर्जनमा प्रसारण गरिएको एक अडियोका अनुसार प्रधान सम्पादक श्रेष्ठ र एक युवकबीच संवाद भएको सुन्न सकिन्छ ।अडियोमा ती युवकले आफूलाई विप्लवनिकट विद्यार्थी संगठनको बुद्धनगरस्थित कार्यालयबाट बोलेको बताएका छन् । युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन भनेका छन् ।श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेका छन् । उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ।हामीसँग ३८÷३९ वटा म...
प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता

प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र आँखासम्बन्धी रोगका वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतबिच भेटवार्ता भएको छ। बिहीबार भएको भेटवार्तामा उनीहरुबीच आँखालगायत समग्र स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको हो।प्रसिद्ध रमन म्यागासासे पुरस्कारप्राप्त डा.रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो ।’ ‘आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।...
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । योसँगै अब उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।५८ वर्षे उमेर हदका कारण गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।तर,त्यसभन्दा अघि करिब ३५ दिन उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन्। सरकारले लामो अवधिका लागि सरकार अनुकुलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। ३१ असारमा बसेको  ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो।प्रधानमन्त्री ओलीको प्रस्तावमा कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई अहिले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएबमोजिम नियुक्त गरिएको स्रोतले जनाएको छ...
चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारी साधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ । त वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ । सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्त...
कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो । अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी ३ वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’ अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको ...
यामाहा एरोक्स १५५ : ओझाको काठमाडौंदेखि लद्दाख यात्रा सम्पन्न

यामाहा एरोक्स १५५ : ओझाको काठमाडौंदेखि लद्दाख यात्रा सम्पन्न

ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
काठमाडौं।यामाहा एरोक्स १५५ स्कुटर चलाएर अवशिस ओझाले काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटर भन्दा बढी यात्रा गरेको बताए । एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ।’ एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू–भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।’उनले भनिन् यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण,अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ।एरोक्स १५५ स्कुटरमा रहेको एड...