ताजा अपडेट

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज सङ्घीय संसद्का ६ संसदीय समितिका बैठक बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ ।...
अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
मोरङ । मोरङको उर्लाबारीमा एक डाक्टर कोठामा मृत फेला परेका छन्। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनीषकुमार यादव बिहीबार बिहान कोठामा मृत भेटिएका हुन्। छिमेकीले झ्यालबाट हेर्दा उनलाई भित्रबाट चुकुल लगाएर सुतेको अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले ढोका फुटाएर बिहान ८स् ४० बजे अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।...
विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।  आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।...
आज विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६३ रुपैयाँ रहेको छ ।...
विश्व सम्पदा स्थल स्वयम्भूमा वृक्षारोपण

विश्व सम्पदा स्थल स्वयम्भूमा वृक्षारोपण

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
काठमाडौं । विश्व सम्पदा स्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी,चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् । जिल्ला वन डिभिजन कार्यालय,यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए । कार्यक्रममा काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए।...
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।मनसुनी प्रणालीको प्रभावलृे आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती, गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको। साथै कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको।कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थ...
जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ। ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रुयु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।...
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।...
दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो

दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो । दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।...