सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री विमानस्थलमा
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो ।
विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । यस्तै जहाजमा १९ जना सवार रहेको जनाइएको छ ।बुधवार बिहान ११ बजे पोखराका लागि उडेको उक्त ९ एन एएमआई सौर्य एयरलाइन्सको जहाज जमिन छाडने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।...








