ताजा अपडेट

सिमलताल दुर्घटनामा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग

सिमलताल दुर्घटनामा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सिमलताल दुर्घटनामा त्रिशूलीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । सोमबारदेखि त्रिशूलीमा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोज्न थालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । असार २८ मा दुई वटा डिलक्स बस भरतपुर नगरपालिकाको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता छन् । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिरहेको छ । उच्च प्रविधिको डिभाइस हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको डीएसपी थापाले जानकारी दिए । उनले भने– ‘नेपालमा उपलब्ध मध्येमा उच्च स्तरको सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाएर त्यहाँ रहेका भएका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रुपमा देखाउने प्रविधि हो । ’ सोनार प्रविधिले पानीभित्र दुई सय मिटर गहिराइमा जुनसुकै बस्तु भए ...
सिमलताल पहिरो:थप दुई शवको पहिचान खुल्यो

सिमलताल पहिरो:थप दुई शवको पहिचान खुल्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । नारायणगढ(मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका(२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई वटा शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।सनाखत हुनेमा भरतपुर(२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।...
एमालेका केही मन्त्रीको नाम हेरफेर

एमालेका केही मन्त्रीको नाम हेरफेर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले अन्तिम समयमा मन्त्रीहरूको नाम हेरफेर गरेको छ । आइतबार राति टुङ्गिएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो । एमालेका एक नेताका अनुसार उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ । त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।त्यस्तै, बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् भने राजकुमार गुप्ता पनि एमालेबाट मन्त्री बन्दैछन् ।एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलोपटक...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, साहित्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो। ...
आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।...
प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।...
कालीगण्डकीमा  साँघु तरेर वारपार गर्नुपर्ने समस्या हट्यो

कालीगण्डकीमा साँघु तरेर वारपार गर्नुपर्ने समस्या हट्यो

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा रु ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो । प्राविधिक नाप जाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए। ‘उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्ग्याउन बाँकी छ’, उनले भने, ‘यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।’ पुल...
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । ग त वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । ...
मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ, हल्का देखि मध्यम वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ, हल्का देखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज देशभर आंशिक देखि साधारणतया बदली रही  देशभरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेकाले अबको केही दिन भारी वर्षाको सम्भावना कमै रहेको छ ।   राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश र सुदूर पश...
स्याङ्जाको पुतलीबजारमा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

स्याङ्जाको पुतलीबजारमा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ। पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका दुई छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। प्रवक्ता रानाका अनुसार उनीहरु घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका थिए। लक्ष्मी ९ र सुस्मिता ५ कक्षामा पढ्दै थिए ।...