ताजा अपडेट

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । उनले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश भएका विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमणीकरण गरेको भट्टराईले जानकारी दिइन् । ...
नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।...
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा(२)अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस लगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६ को उपधारा(२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । यता ओलीको प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निम्तो पठाइसकेको छ। कार्यालयले सोमबार बिहान ११ बजे शपथ समारोह राखिएकाले सबै सांसदहरूलाई बिहान १०ः३० भित्र शीतल निवास प्रवेश गरिसक्ने गरी आइपुग्न संघीय संसदका महासचिवलाई पत्रमार्फत आग्रह गरेको ...
प्रतिनिधि सभाको बैठक फेरी सर्‍यो

प्रतिनिधि सभाको बैठक फेरी सर्‍यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ । पूर्वनिर्धारित बैठक अपराह्न ४ बजेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले जनाएको छ ।
चित्लाङ–चन्द्रागिरी सडक खण्ड २० साउनसम्म बन्द

चित्लाङ–चन्द्रागिरी सडक खण्ड २० साउनसम्म बन्द

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
हेटौंडा । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् । वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात सञ्चा गर्दा जोखिम बढ्ने भन्दै साउन २० सम्म आवागमन बन्द गरिएको भण्डारीले बताए । सडक डिभिजन काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट खण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ तथा ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेको छ ।...
नेप्से परिसूचक ५२ अंकले बढ्यो

नेप्से परिसूचक ५२ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु। सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैकिंङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ ।...
स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार १ साउन २०८१ देखि काठमाडौँ, भक्तपुर र ललितपुर ठेगाना रहेका र स्थानीय व्यापारको उद्देश्य भएका व्यावसायिक फर्मको नियमन सुरु गर्न लागिएको छ । विभागमा दर्ता भएका प्राइभेट फर्मको सक्कल फाइल प्रदेश सरकार अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण सुरु गरिएको छ । अब स्थानीय व्यापारको नवीकरण, संशोधन, पूँजीवृद्धि, प्रतिलिपि, खारेजी लगायतको काम सोही कार्यालयबाट हुने समेत विभागले जनाएको छ ।...
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो

सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ ।...
त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । सोमबार लागि तय भएको त्रिभुवन विश्व विद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्‌को बैठकले त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ। परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्।...
प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि

प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्।शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले जानकारी दिएको छ । हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ । संविधानको धारा ७६ ९२० बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।...