ताजा अपडेट

ठमेल पर्यटन विकास परिषद्को मतदान सकियो,दुई प्यानलका उम्मेदवारबीच चुनावी प्रतिष्पर्धा

ठमेल पर्यटन विकास परिषद्को मतदान सकियो,दुई प्यानलका उम्मेदवारबीच चुनावी प्रतिष्पर्धा

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाली पर्यटन क्षेत्रको आधार स्तम्भको रुपमा रहेको ठमेलको ‘ठमेल पर्यटन विकास परिषद्’ (टीटीडिसी)को आगामी नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। परिषद्को आज सोमबार बिहान ८ बजेदेखि ठमेलको छायाँसेन्टरमा अवस्थित अलफ्ट होटलमा भएको २८ र २९ औँ साधारणसभा एवम् अधिवेशनको बन्दसत्रले निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गर्न बिहान ११ बजेदेखि नै मतदान जारी राखेर अहिले साँझ ५ बजे मतदान प्रकृया सम्पन्न गरेको हो। भरर्खरै साँझ ५ बजे सम्पन्न भएको निर्वाचनमा १०३१ मत खसेको महासचिव पदका उम्मेदवार बद्री प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।उनका अनुसार अधिवेशनमा ११९३ जना प्रतिनिधिहरु चयन भएका थिए । अबको करिब दुई घण्टापछि अर्थात ७ बजे मतगणना शुरु गर्ने र मदगणना सकिएलगत्तै निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको उनको भनाई छ । परिषद्को यस निर्वाचनले पदाध...
तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने स्वास्थ्यमन्त्रीको घोषणा

तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने स्वास्थ्यमन्त्रीको घोषणा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं । नवनियुक्त स्वाथ्यमन्त्री प्रदीप पौडेलले तत्कालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा गरेर स्वास्थ्य क्षेत्रको सुधार गर्न लागि पर्ने बताएका छन् । सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पद बहालीपछि प्रतिक्रिया दिँदै उनले एक साताभित्र तत्कालीन कार्यक्रम ल्याउने र दीर्घकालीन कार्यक्रमका लागि आवश्यक वातावरण बनाउने बताए । ‘यहाँ काम गरिसक्नुभएका र राय सुझाव दिन सक्ने विज्ञहरूसँग परामर्श गरेर दुई किसिमका कार्यक्रम ल्याउनेछौ’, उनले भने, ‘तत्कालीन कार्यक्रम तत्कालै कार्यान्वयन सुरु गर्नेछौ र दीर्घकालीन कामका लागि अघि बढ्नेछौ ।’उनले एक हप्ता भित्र तत्काल गर्ने कामहरू सार्वजनिक गर्ने बताए ।...
कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि मन्त्रीले गरेनन् पदभार ग्रहण

कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि मन्त्रीले गरेनन् पदभार ग्रहण

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेनन् । सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण नगरेका हुन् । मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग मन्त्रालयबाहिर केहीबेर कुराकानी गरेका थिए । आन्दोलनरत कर्मचारीका अनुसार मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेका थिए ।...
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद सम्हालेका छन् । सिंहदरवारस्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली शहीद स्मारक र पार्टी मुख्यालय च्यासल पुगेका थिए । ब्राम्हणहरूले स्वस्ति बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन् । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । काँग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।...
देशभर ६७.३ प्रतिशत रोपाइँ

देशभर ६७.३ प्रतिशत रोपाइँ

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।...
नवनियुक्त खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

नवनियुक्त खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए । मन्त्री यादवले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।...
नवगठित सरकारमा पर्साबाटै तीन जना मन्त्री

नवगठित सरकारमा पर्साबाटै तीन जना मन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् । पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादवलाई जनता समाजवादी पार्टी ९जसपा०, चौरसियालाई नेपाली काँग्रेस र गुप्तालाई नेकपा एमालेले मन्त्री बनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिरिषदमा यादव खानेपानी तथा सरसफाइ, चौरसिया कानून, न्याय तथा संसदीय मामिला र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । पर्सा(४ बाट निर्वाचित रमेश रिजाल यही संसदीय कार्यकालमै मन्त्री भइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।...
भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

ताजा अपडेट, बिशेष, ब्यानर-२, मनोरन्जन, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।
कर्णाली राजमार्ग फेरी अवरुद्ध

कर्णाली राजमार्ग फेरी अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्घ भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् । यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।...
प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री ओलीले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । ओली संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।...