ताजा अपडेट

किराती समुदायले आज सिसेक्पा तङ्नाम पर्व मनाउँदै

किराती समुदायले आज सिसेक्पा तङ्नाम पर्व मनाउँदै

ताजा अपडेट, वातावरण, समाचार
ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहि आएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात च्योङ्हरू सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मान्याङबोले जानकारी दिए । उनका अनुसार सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव ...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले साउन ६ गते दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने ब्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।मुख्यमन्त्री जमकट्टेलले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । कुल ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ । जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ ।...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिइन् । यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भए । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर ९लामा०, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रसाईँले बताइन् । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।...
सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।...
पशुपतिमा भक्तजनको बिहानैदेखि घुइँचो

पशुपतिमा भक्तजनको बिहानैदेखि घुइँचो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजा अर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए । उनले भने, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यस पटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।...
पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएसँगै मूल्य वृद्धि गरेको जनाएको  छ  ।  मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको जनाएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५९ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको जनाएको छ ।...
बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक जना बेपत्ता

बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक जना बेपत्ता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीन जना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए । उनले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका बताए । नगरप्रमुख केसीले भने, “ खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् । ”...
विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे बोलाइएको बैठक सिंहदरवारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।...
आज साउने सङ्क्रान्ति, लुतो फालेर पनि मनाइँदै

आज साउने सङ्क्रान्ति, लुतो फालेर पनि मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज बेलुका लुतो फाल्ने चलन पनि छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । असार महिनामा धेरैजसो खेतीमा व्यस्त हुने हुँदा हिलोमैलोले लाग्न...
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरु...