ताजा अपडेट

२६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

२६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २।१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।...
१० निजी मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा लागू

१० निजी मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा लागू

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
काठमाडौं । १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएको हो । बोर्डका अध्यक्ष डा। गुणराज लोहनीका अनुसार काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेज छन् । बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को छन् । यस्तै स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस...
आजदेखि पशुपतिमा कोटिहोम महायज्ञ सुरु

आजदेखि पशुपतिमा कोटिहोम महायज्ञ सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौँ । आजदेखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानव सेवा फाउन्डेसनले जनाएको छ । श्रावण महिनाभरि चल्ने महायज्ञ अवधिभरि एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित, दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथा वाचन गर्ने जनाइएको छ । महायज्ञको पूर्वसन्ध्यामा कलश शोभा यात्रा गरिएको थियो । ललितपुरको बाँडेगाउँमा...

पहिरोमा परी दुई जनाको मृत्यु, एक गम्भीर घाइते

ताजा अपडेट, वातावरण, समाचार
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।...
सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी बर्दघाट–सुस्ता पश्चिम०का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए ।...
गंगालाल अस्पतालमा १२ घण्टा शल्यक्रिया सेवा

गंगालाल अस्पतालमा १२ घण्टा शल्यक्रिया सेवा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घण्टा शल्यक्रिया सेवा दिने भएको छ । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ । अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा। रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो । कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ । हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६(७ वटा शल्यक्रिया हुँदै आएको छ ।अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको याताय...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं ।‘ठमेल पर्यटन विकास परिषद्’ (टीटीडीसी)को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को सोमबार साँझ ५ बजे सम्पन्न निर्वाचनको मंगलबार राती १ बजे सम्पन्न मतगणनामा ५६२ मत प्राप्त गरेर उनी निर्वाचित भएका हुन्।निर्वाचनमा अर्का प्रत्यासी उम्मेदवार भवीश्वर शर्माले ४५० मत प्राप्त गरेका थिए। यस्तैगरि तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे,सहदेव धमला र श्रीकृष्ण थपलिया निर्वाचित भएको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिएकी छिन्। त्यस्तैगरि महासचिवमा बद्रीप्रसाद तिमल्सिना,सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएको नवनिर्वाचित महासचिव बद्रीप्रसाद तिमल्सिनाले बताए।तर,थपलिया भने कोषाध्यक्षमा पहिले नै निविरोध निर्वाचित भएका थिए। यस्तै सदस्यमा कोपिला सिंखडा,रोशन अधिकारी,कुमार नेपाली,विनोद श्रेष्ठ,अमृत थोकर (लामा),...
आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु

आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८१– ८२ सुरु भएको छ।सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट पनि आजैदेखि कार्यान्वयनमा आएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको थियो।अघिल्लो आर्थिक वर्षभन्दा करिब ६ प्रतिशत बढी बजेट रहे पनि कार्यान्वयनमा भने चुनौती छ । लक्ष्यअनुसार राजस्व संकलन नहुनु र पुँजीगत खर्च पनि नहुनु लगायतका समस्या छन्। विदेशी मुद्राको सन्चिति बढे पनि सरकारको खाता भने घाटामा छ।अहिले सरकारी ढुकुटीमा २ खर्ब ५१ अर्ब उपलब्ध छ।तर, सरकारी खाता भने २१ अर्ब घाटामा छ। गत वर्षको साउनसम्म २२ खर्ब ९९ अर्ब रहेको सार्वजनिक ऋण अहिले २४ खर्ब ९ अर्ब पुगेको छ । गत आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब राजस्व उठाउने भनेकामा अहिलेसम्म १० खर्ब ३० अर्ब अर्थात् ७२ प्रतिशतमात्रै उठाएको छ । यो राजस्व सरकारको चालु खर्च मात्...
समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।...
सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत

सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् ।...