ताजा अपडेट

अदालतको आदेशसँगै न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

अदालतको आदेशसँगै न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ बिस्तारको काम पुन सुरु गरेको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेपछि काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ बिस्तारको काम थालेको हो । महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध सिर्जना गरेपछि काम रोकिएको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश ख...
शेषनारायणमा दर्शनार्थीको घुइँचो

शेषनारायणमा दर्शनार्थीको घुइँचो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ । यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ ।...
एक वर्षमा सवारी दुर्घटनाबाट ११५ जनाको मृत्यु

एक वर्षमा सवारी दुर्घटनाबाट ११५ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २...
डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीको अनुरोध

डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीको अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् । विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छुु, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।...
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।...
तीनवटा संसदीय समितिको बैठक आज बस्दै

तीनवटा संसदीय समितिको बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ । त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।...
तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै,आजैबाट चतुर्मास ब्रत आरम्भ,महत्व र विशेषता के छ ?

तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै,आजैबाट चतुर्मास ब्रत आरम्भ,महत्व र विशेषता के छ ?

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं ।आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी ।यस एकादशीलाई तुलसी रोप्ने एकादशी पनि भन्ने चलन छ । यस दिन नेपाल,भारत लगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घर–घरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र विधिपूर्वक व्रत बसि पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ।यसरी आ–आफ्ना घर–आँगनमा तुलसी रोपेर हरियनी एकादशी मनाउने धार्मिक प्रचलन अनुसार आज बुधबार धुमधामका साथ हरिशयनी एकादशी मनाउन लागिएको हो ।  आज भन्दा करिब एक महिना अगाडि ज्येष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन तुलसीको विउ छरेर त्यसबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।यसरी तयार पारेर आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको,भगवान् विष्णुको प्रतिकको रुपमा चार महिनासम्म पूजा गर्ने चलन छ। यसरी पूजा गर्ने यो अवधिलाई चतुर्मास भनिन्छ।   आषाढ शुक्ल एकादशीदेखि ...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती, गण्डकी,कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती,गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ।गण्डकी, लुम्बिनी,कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोली देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट...
राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका छन् ।...
मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएकामा महिला आयोगको असन्तुष्टि

मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएकामा महिला आयोगको असन्तुष्टि

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि जनाएको छ । २२ सदस्यीय मन्त्रिपरिषदमा २ जना मात्र महिला सहभागी गराएर राजनीतिक दलहरुले संविधानको व्यवस्थालाई बेवास्ता गरेको र महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताएकी छन् । संविधानको धारा ३८ (४) अनुसार राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक रहेको छ । संविधानमा यो व्यवस्था रहे पनि विभिन्न कानुनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा काँग्रेस र एमालेका एक एक जना मात्र महिला छन् । यो संख्या कुन मन्त्रिपरिषद् सदस्यको ९ प्रतिशत मात्र हो ।...