ताजा अपडेट

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ ९२० अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । धारा ७६ ९४० अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । बुधबार औपचारिक पत्र गएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।...
रसुवा केन्द्रबिन्दु भएर भूकम्प

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो ।
चन्द्रागिरि केबलकार चल्दाचल्दै रोकियो,अड्किएका यात्रु निकाल्न प्रहरी तैनाथ

चन्द्रागिरि केबलकार चल्दाचल्दै रोकियो,अड्किएका यात्रु निकाल्न प्रहरी तैनाथ

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं।काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्। बुधबार दिउँसो साँढे १ बजे सो केबलकारमा आएको प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका हुन् ।विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्रका ११ जना प्रहरीको टोलीले उद्धार गरिरहेको छ। केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन।८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। कम्पनीले जेनेरेटर चलाएर यात्रुलाई निकाल्ने प्रयास गरे पनि जेनेरेटर नचलेपछि केबलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरीमार्फत तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ ।...
तनहुँमा खानेपानीको पाइप बाढीले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँमा खानेपानीको पाइप बाढीले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द

ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो। असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो। ‘संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्’,व्यवस्थापक श्रेष्ठले भने, ‘सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा...
आन्दोलनरत कृषिका कर्मचारीहरूको धर्ना स्थगित

आन्दोलनरत कृषिका कर्मचारीहरूको धर्ना स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले धर्नाको कार्यक्रम स्थगित गरेका छन् । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले मन्त्रीको आग्रहमा धर्ना स्थगित भएपनि अन्य दबाब मूलक आन्दोलन जारी रहेको जानकारी दिए । माग पूरा नहुँदासम्म काममा नफर्कने उनको भनाइछ । आन्दोलनरत कर्मचारीहरूले आज पनि मन्त्री र सचिवलाई भेटेर आफ्ना माग पूरा गराउन दबाब दिएका थिए । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै आन्दोलनमा छन् ।...
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ ।पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा पनि त्यसतर्फ प्रस्थान गरेका छन् । अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशङ्कर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् ।...
सिमलताल घटना : कार्यदलले काम थाल्यो

सिमलताल घटना : कार्यदलले काम थाल्यो

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन् । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल ...
यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

ताजा अपडेट, वातावरण, समाचार
मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चार जनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, चार केजी नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई सोही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार नगद रु १२ हजार प्रदान गरिएको छ ।यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एक जना र वडा नं १२ का तीन जना युवाको मृत्यु भएको छ । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा रु तीन लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपे...
सुनको मूल्य तोलाकै डेढ लाख

सुनको मूल्य तोलाकै डेढ लाख

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार ९साउन १ गते० सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ।यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार च...
स्याङ्जाको सेतीबेणीधाम लगायत कालीगण्डकी नदीतटमा स्नान गर्नेको घुइँचो

स्याङ्जाको सेतीबेणीधाम लगायत कालीगण्डकी नदीतटमा स्नान गर्नेको घुइँचो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
स्याङ्जा। हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन  आज स्याङ्जाको सेतीबेणीधाममा स्नान गर्न श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ। स्याङ्जाको सेतीबेणीधाममा  विश्वकै ठूलो शालिग्राम शिला रहेका हुनाले पनि यहाँ विषेश मेला लाग्ने गर्छ ।हरिशयनी एकादशीका अवसरमा मेला लागेको हो । स्याङ्जा र पर्वतको सीमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल  स्याङ्जाको सेतीबेणीधाम लगायत स्याङ्जा र पर्वतको सीमानामा  पर्ने मोदीवेणी,पुर्तिघाट,गोपाङ,नयाँपुल,खनियाघाट,मिलनचोक,वारीबेनी नदी तटमा पनि बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ। सेतीबेणीमा  स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरू आइपुगेका छन ।सेतीबेणीमा बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन् । मुक्तिनाथबाट बगेर आएको र साक्षात विष्णुको अवतारको रूपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले क...