ताजा अपडेट

आज कतिमा कारोबार  हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।...
पाँच संसदीय समितिका बैठक आज बस्दै

पाँच संसदीय समितिका बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज संसदका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् ।सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची छ ।यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उपसमितिको प्रतिवे...
बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
पाँचथर । बाढीपहिराका कारण पुष्पलाल  मध्यपहाडी  राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए। राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए । यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए । बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको...

जापान पठाइदिने भन्दै ७९ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”...
सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । बुधबार भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, र...
बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
बागलुङ । आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर दुई हजार सात सय ६३ रोपनीमा आलु उत्पादन गरी बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए । कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको ...
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  राति  मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट ब...
निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको नागार्जुन नगरपाललिका–३ मा अवस्थित ‘इचंगुनारायण मन्दिर’को पूनःनिर्माण कार्यका कारण दर्शन गर्न आउने भक्तजनहरुको चाप घटेको छ। काठमाडौं उपत्यकाका चार महत्वपूर्ण नारायणहरु मध्येका एक महत्वपूर्ण नारायणका रुपमा मानिने इचंगुनारायण मन्दिरमा आज हरिशयनी एकादशीका दिनसमेत श्रद्धालु भक्तजनहरुको खासै चहल पहल देखिएन्।दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए तापनि दिनभरजसो नै दर्शनार्थीहरुको फाट्टफुट्ट मात्रामा उपस्थिति देखिएको मन्दिर परिसरका पंडित परशुराम रिजालले बताए।उनका अनुसार मान्दिरको भौतिक संरचनाको निर्माण कार्य हुँदै छ केही छैन होला भन्ठानेर पनि दर्शनार्थीहरुको चाप घटेको हुन सक्छ। साथै उनले एउटा नौलो  कुरा पनि उजागर गर्दै काठमाडौं महानगरले फुटपाथ हटाएपछिको केही प्रभाव समेत भएको बताए।उनले भने, ’म बिहानैदेखि यहाँ बसेको छु।यस्तै फाट्टफुट्ट मात्रै छ।...
निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ: शिक्षामन्त्री भट्टराई

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ: शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बिच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिएकी छिन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका तयार गर्ने बताइन् । नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । विद्यालय शिक्षा विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको उनले जानकारी दिइन् । गत असार ३१ गते मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विषयगत समितिको बैठकमा सहभागी हुँदै मन्त्री भट्टराईले सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम, परीक्षालगायत विषयमा...
चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ । करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । उनका अनुसार केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्‍याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।...