ताजा अपडेट

तारकेश्वर नगरपालिकामा शुक्रबार सेवा प्रवाह बन्द हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
काठमाडौं । तारकेश्वर नगरपालिकामा शुक्रबार सेवा प्रवाह बन्द हुने भएको छ । नगरपालकाले एक सूचना जारी गरेर शुक्रबार नगरपालिकाको १५ औँ नगरसभा संचालन हुने भएकाले नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण स्वास्थ्य संस्था र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु सूचारु गर्न नसकिने जनाएको छ ।  ...
संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ। संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् ।...

एकीकृत समाजवादीले ग¥यो महाधिवेशन प्रतिनिधि छनोट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनौटका लागि उसले बुधबार निर्वाचन गरेर सम्पन्न गरेको जनाएको छ। देशभर १ लाख ४६ हजार ७ सय १४ सङ्गठित सदस्यमध्येबाट १ हजार ४ सय प्रतिनिधि निर्वाचन प्रकृयामार्फत छनौट गरिएको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ। खुला,महिला र दलित गरी १ हजार८सय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था भएको र त्यसमध्ये ३ सय ४६ केन्द्रीय कमिटीबाट र १ सय ४ जना केन्द्रीय आयोगबाट स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको जनाएको छ। यही असार १६ देखि २० गते  नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले १ सय २५ सङ्गठित सदस्य बराबर १ प्रतिनिधि छनोट गर्ने जनाएको छ। पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक...
बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै

बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै छ । आर्थिक वर्ष २०८१ ÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको छ। सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार बागमती प्रदेशमा असार ८ गते अर्थात पर्सिभित्रै सो बजेट पारित गर्ने कार्यसूची तय भएको छ।  ...
संघीयता सबलीकरण समितिको बैठक दिउँसो १ बजे,के के छन् एजेण्डा !

संघीयता सबलीकरण समितिको बैठक दिउँसो १ बजे,के के छन् एजेण्डा !

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक आज बिहिबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा श्रम तथा रोजगार,श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति,कानून, संरचना लगायत मन्त्रालयका कार्यगत विवरण,समस्या,भावी कार्ययोजना बारे छलफल हुने संसद् सचिवालयको भनाई छ ।...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
लमजुङ ।पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६,खरखरे भिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपागाइँ अनुसार खरखरे भिरमा सडक माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।   हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको छ तर आयोजना पुरा भइसकेको छैन् ।काम ढीला हुँदा समस्या भइरहेको छ ।...
चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हानेर फुपूका छोराको हत्या गरेका छन्। सिराहाको गोलबजार नगरपालिका–१० धर्मपुरका २८ वर्षीय संजय सदाले फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीका अनुसार संजयले गेनीलाई गएराति चिर्पटले हान्दा गम्भीर घाइते बनाएका उनको उपचारको क्रममा आज बिहान स्थानीय अस्पतालमा मृत्यु भएको हो। मदिरा सेवन गरेर मातेका दुबैजनाबीच विवाद भएको र सोही क्रममा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ । संजयलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।...

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।  बिहीबार नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.३७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४२८रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।...

७२ जिल्लामा फैलियो डेंगु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । पछिल्लौ समय काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन...
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । आज देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको...