ताजा अपडेट

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।हाल देशमा मनसुनी प्रणालीको प्रभाव रहेको छ  जसका कारण मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।विभागका अनुसार गण्डकी प्रदेशका केही तथा कोशी,मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी,मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।कोशी,बागमती र गण्डकी प्रदेशका केही,मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उता आज राति भने गण्डकी प्रदेशका केही स्थानमा ठूलो...

एमाले काठमाडौंका अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षबाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार काठमाडौंको जोरपाटी,नयाँबस्ती स्थित ड्रिम हाउस बैंक्वीटमा एक समारोहकाबीच नवविर्वाचित अध्यक्ष दिपक निरौलाले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई गोपनीयताको सपथ ग्रहण गराएका हुन् । एमाले काठमाडौं लिल्ला कमिटिको सातौं आधिवेशनबाट नवनिर्वाचित अध्यक्ष निरौला र लेखा समिति अध्यक्ष श्यामकाजी कार्कीलाई भने निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत कुमारी खरेलले विजयी घोषणा लगतै पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । सो अधिवेशनबाट निवर्तमान अध्यक्ष  निरौला पुनः निर्वाचित भएका हुन्।सो अधिवेशनबाट उपाध्यक्षमा विश्वराम साप्कोटा,सचिवमा राजेश शाक्य ,उपसचिवमा उद्धव भण्डारी(खुल्ला...
दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक आज ०।५० प्रतिशतले गिरावट आएको हो । बुधबारको  तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । २.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १।८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । ...
नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना

नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताएकी छन् । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभा तथा “मौलिक तथा परम्परागत खानाको भूमिका”बारे विचार गोष्ठीमा उनले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएकी हुन् । “स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ”, उनले भनिन् । उपसभामुख रानाले नेपाली परम्परागत खाना उत्पादनमा जलवायु परिवर्तनको असर  परेको उल्लेख गरिन् । परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उनको भनाइ छ ।...
श्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

श्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
चितवन । श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौंबाट भरतपुर उडाक्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको हो । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो । श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ । श्रीको परीक्षण उडान समापनसँगै नियमित उडानको बाटो खुलेको छ। योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।...
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वार्षिक कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।...
विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । टी(ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।      ...
पाँच प्रदेशमा फैलियो मनसुन

पाँच प्रदेशमा फैलियो मनसुन

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौँ । यस वर्षको मनसुन प्रणाली पाँच प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग एक बुलेटिन निकालेर यस वर्षको मनसुन प्रणाली आज अर्थात (२० जुन) गतेका दिन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको जनाएको छ । नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी मिति ( १० जुन) मा कोशी प्रदेशको पुर्वी भू–भागमा आगमन भएको थियो । विभागका अनुसार नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने संभावना रहेको छ ।...
निर्माणाधीन पुल बाढीले बगायो

निर्माणाधीन पुल बाढीले बगायो

ताजा अपडेट, बिशेष, समाचार
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको उक्त पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । सो पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापामगरले जानकारी दिए । बाढीबाट निर्माणाधीन पुल बगाउँदा डेढ करोड बराबरको क्षति भएको छ । यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ प...
युरोपको  रैथाने चरा  ‘लेसर ग्रे स्राइक’ भक्तपुरमा देखियो

युरोपको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ भक्तपुरमा देखियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा यो चरा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिए । नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पु...