ताजा अपडेट

पोखरामा ‘इन्ड्राइभ’लगायत ‘राइड सेयरिङ’ बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
कास्की । कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ। शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले एक सार्वजनिक सूचना जारी गर्दै यस प्रकारको अनाधिकृत कार्य बन्द गर्न सचेत गराएको हो ।यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीराम रिजालले कानून विपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले रोक लगाएको बताएका छन् । उनले भने,‘अनधिकृत रूपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ । प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौँ।’गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवा वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन। नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्...
मन्त्री चौधरी पारिवारिक शोकमा

मन्त्री चौधरी पारिवारिक शोकमा

ताजा अपडेट, समाचार
काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई पारिवारिक शोक परेको छ। उनकी सासू महेश्वरीदेवी चौधरीको ८० वर्षको उमेरमा शुक्रबार निधन भएका कारण उनि शोकमा परेकी हुन् । दाङको लमही नगरपालिका–१ स्थित घरमा महेश्वरीदेवीको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ। स्व.महेश्वरीदेवीका सात भाई छोरा र तीन बहिनी छोरीहरु छन् ।मृतक महेश्वरीदेवीको आज परम्परागत रुपमा अन्त्येष्टि गर्ने बताइएको छ। मन्त्री चौधरीका श्रीमान् दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएपछि उनले नै थप पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।...
पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालन

ताजा अपडेट, बिशेष, समाचार
चितवन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । केही पहिरो पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको छ । एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ । दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ । ...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका केही,कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।    साथै कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज राति कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भोलि कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको स...
टोखा नगरपालिकाको नीति : नव उद्यमी सिर्जना,स्वरोजगार,सफा र सुन्दर शहर,सेवाग्राहीमैत्री शासन

टोखा नगरपालिकाको नीति : नव उद्यमी सिर्जना,स्वरोजगार,सफा र सुन्दर शहर,सेवाग्राहीमैत्री शासन

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८१ ÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार मैजुहिटी स्थित टोखा नगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख प्रकाश अधिकारीले सो आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।आगामी आवको लागि १३५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर अधिकारीले  ‘कला,संस्कृतियुक्त,स्वच्छ,समुन्नत टोखा नगर’  भन्ने दीर्घकालिन सोचलाई सार्थक बनाउन संविधानप्रदत्त अधिकार क्षेत्रमा नीति,कानुन निर्माण,कार्यान्वयन,अनुगमन र मुल्यांकनमार्फत नीति तथा कार्यक्रम तय गरिएको उल्लेख गरेका छन्  । मेयर अधिकारीले प्रस्तुत गरेको आव ०८१÷८२ को नीति तथा कार्यक्रममा नव उद्यमी सिर्जना,स्वरोजगार,हिलोधुलो र खाल्डाखुल्डीरहित सडक,हरित शहर र सेवाग्राहीमैत्री शासन,पिउने पानीको सहज आपूर्ति,पिछडीएका वर्गको सशक्ती...

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्छौं : मन्त्री साह

कृषि, ताजा अपडेट, समाचार
काठमाडौं।कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन्। शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताएकी हुन् ।मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी तवरबाट सञ्चालन गर्ने गरी छलफल अघि बढेको उनले बताइन्। दुग्ध विकास संस्थानलाई नयाँ ढङ्गले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी लान आवश्यक रहेको बताइन् ।उनले कर्मचारीले पनि उचित ढंगले कार्यसम्पादन गर्न पर्ने  बताइन्।उनले  संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने जिकिर गरिन् ।...
निजामती विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी

निजामती विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन्। मन्त्रालयको नेतृत्व लिएपछि भएका मुख्य उपलब्धिबारे जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँग घनीभूत संवाद गरिरहेको स्पष्ट पारे। उनले निजामती विधेयकबारे राजनीतिक दलहरुसँग छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाई छ ।सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, “तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।” स्थानीय तह विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उनले यसलाई बलियो बनाउन शासकीय क्षमता, पूर्वाधार...

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस,योगाभ्यास गरेर मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो । नेपाल सरकारले पनि २६ जेठ २०७३ मा सो प्रस्ताव स्वीकृत गरेर २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेको थियो।यस दिवसको अवसरमा आज शुक्रबार नेपालमा विभिन्न कार्यक्रमका साथ योगाध्यास गरेर यो दिवस मनाइँदै छ। सरकारले ‘आफ्नो लागि र समाजको लागि योग’भन्ने नाराका साथ यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ।समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी,कूटनीतिक निय...
तारकेश्वरमा आजदेखि  प्रारम्भ कप फुटसल प्रतियोगिता  हुँदै

तारकेश्वरमा आजदेखि प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै

खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।आजदेखि तारकेश्वरमा प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै छ। तारकेश्वर ८ मा रहेको प्रारम्भ वर्ल्ड स्कुल र कलेजको आयोजनामा शुक्रबारबाट प्रारम्भ कप फुटसल प्रतियोगिता हुने भएको हो।सेसन–२ अन्तर्गत यस प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका १६ विद्यालय सहभागि हुने भएका छन् । १६ विद्यालयका १८ टिमले फुटसलमा प्रतिस्पर्धा गर्नेछन् ।फुटसल प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थी र कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरु सहभागी हुन् पाउनेछन्। असार ७ र ८ गते प्रारम्भ वर्ल्डको फुटसल मैदानमा खेल सञ्चालन हुनेछ ।यसपटकको खेलमा प्रवेश शुल्क एउटा विद्यालयका लागि रु. ४ हजार लाग्नेछ । बिजेता विद्यार्थीहरुले प्रथम हुने टिमले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै दोस्रो हुनेले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । तेस्रो पुरस्कारमा १० हजार नगदसहित मेडल,...

कांग्रेस संसदीय दलको बैठक आज

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।