ताजा अपडेट

बजेटका कारण सत्ता साझेदार दलबिच समस्या हुँदैन : मन्त्री शर्मा

बजेटका कारण सत्ता साझेदार दलबिच समस्या हुँदैन : मन्त्री शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबिच समस्या नहुने बताएकी छन् । प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन् । बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।” बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताइन् । उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट पारिन् । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलब...
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।...
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

ताजा अपडेट, बिशेष, समाचार
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...

ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाँदै रोहित, दीपेन्द्र र सन्दीप

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी २० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी(२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् । यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् ।...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

ताजा अपडेट, बिशेष, समाचार
झापा । झापाको मेचीनगर नगरपालिका(१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा मेचीनगर(१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर(१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १(०१(०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर(१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ ।श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन एओएम थपेको हो। ८० सिटको क्यु ४००(८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक ९कर्पोरेट० अनिल मानन्धरले जानकारी दिए।उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्‌ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ। सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००र७०० तथा क्यु ४००( गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।...

हिउँदमा सिँचाइ गर्न पोखरी निर्माण

ताजा अपडेट, वातावरण, समाचार
पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुदैँ आएकाले पोखरी निर्माण गरिएको हो । फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ । फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ । स्थानीय चौविस कुरिया टोलको फ...
५ प्रदेशमा फैलियो मनसुन

५ प्रदेशमा फैलियो मनसुन

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । देशको पाँचवटा प्रदेशमा मनसुन फैलिएको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।...
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर सिकारीको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर सिकारीको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ । त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो । हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत अवस्थामा फेला परेको सेनाले पुष्टि गरेको छ । घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र शिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ । अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, ...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १.३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ :३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...