ताजा अपडेट

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

कला, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।...
गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

ताजा अपडेट, समाचार
भक्तपुर । भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।...

माओवादी संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ । ...
टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । टी(२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १९।२ ओभरमा सबै विकेट गुमाएर मात्रै १२७ रनमा समेटियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानलाई दबाबमा राख्दै म्याक्सवेलले टिमलाई सहजतातर्फ धकेल्ने प्रयास गरे पनि उनीपछिका ब्याटर खासै चलेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रनको योगदान बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका गुलबदिन नाबीले एक्लैले ४ विकेट लिए भने नवी उल हकले ३ विकेट झारे । यसक्रममा मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१...

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक– २०८१ पास गरिदैं

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक– २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। विधेयक पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् आग्रह गरिएको छ ।त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि तय भएको छ आजको बैठकमा राष्ट्रियसभाले गरेको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा टेबुल गरिने सम्भावित कार्यसूचीमा जनाइएको छ।...
बाढीमा परी एक जनाको मृत्यु, छ घाइते

बाढीमा परी एक जनाको मृत्यु, छ घाइते

ताजा अपडेट, समाचार
जाजरकोट । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए ।...

पहिरोले डुम्रे–बेँसीसहर सडक फेरी अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो जादा फेरी डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ,गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ।बाटोमा सयौँ यात्री अलपत्र परेका छन् ।यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  र बाँकी भू – भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भईरहेको छ ।   राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू – भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू – भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भ...
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण सुरु

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ । विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं। २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनःनिर्माण थालिएको उनले सुनाए । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ ।...