ताजा अपडेट

‘छाउपडी प्रथाले महिला असुरक्षित’

‘छाउपडी प्रथाले महिला असुरक्षित’

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । राष्ट्रियसभा बैठकको आइतबार विशेष समयमा सांसद रेणु चन्दले छाउपडी प्रथाले समाजिकरुपमा विकृति पैmलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् । “छाउपडीका बेला गोठमा बस्दा सर्पले टोकर मृत्यु भइरहेको छ, कतिपय बलात्कृत भएका छन्, विद्यालय जान सकिरहेका छैनन्”, सांसद चन्दले भनिन्, “यसरी मृत्युको मुखमा बसेर महिला कहिलेसम्म बस्नुपर्ने रु छाउपडी प्रथा उन्मूलनका लागि सरकारले पहल गर्नुपर्छ ।” सांसद भगवती न्यौपानेले छाउपडी प्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुन : उत्पादन सुरु

ताजा अपडेट, बिशेष, समाचार
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । करिब तीन महिना अघिदेखि बन्द रहेको उद्योग फेरी सञ्चालनमा आएको हो । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उनको भनाइ छ ।...
संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताए । सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।...
बाजुरामा नुन अभाव

बाजुरामा नुन अभाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बाजुरा । बाजुरामा नुनको अभाव भएको छ । नुन अभाव भएसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासी मानिसलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री कार्य गरिरहेको छ । कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।...
गर्मीमा दिनमा कति पानी पिउने ?

गर्मीमा दिनमा कति पानी पिउने ?

जीवनशैली, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । पानी हाम्रो शरिरलाई अति आवश्यक पर्नै महत्वपूर्ण वस्तु हो । पानीका फाइदाहरू पानी हामीलाई प्रकृतिबाट प्राप्त भएको यस्तो उपहार हो जसले हामीलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ। मानव शरीरको उचित कार्यमा पानीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रो शरीरको लगभग ७० प्रतिशत पानीले बनेको छ ।  चिकित्सकहरूले पनि हामीलाई सकेसम्म पानी पिउने सल्लाह दिन्छन्। एकै समयमा, यो गर्मी मौसममा अझ महत्त्वपूर्ण हुन्छ । पानी पिउनाले शरीरलाई हाइड्रेटेड राख्न मात्र होइन शरीरलाई अन्य धेरै स्वास्थ्य लाभहरू पनि प्रदान गर्दछ। धेरै अध्ययनहरूले सुझाव दिए अनुसार एक वयस्कले शरीरलाई स्वास्थ्य खतराहरूबाट सुरक्षित राख्न कम्तिमा २।७ लिटर पानी दैनिक पिउनुपर्छ। त्यसो नगर्दा निर्जलीकरणको जोखिम बढ्न सक्छ। अर्कोतर्फ, एक आदर्श व्यक्तित्वको कुरा गर्दा, एक दिनमा कम्तिमा ७ देखि ८ गिलास पानी पिउनुपर्छ। यद्यपि, ...
नागार्जुनमा एमालेलाई हार्न छुट छैन :एमाले उपाध्यक्ष शाक्य

नागार्जुनमा एमालेलाई हार्न छुट छैन :एमाले उपाध्यक्ष शाक्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, विचार, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नेकपा (एमाले)की केद्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री अष्टलक्ष्मी शाक्यले एमालेको मिसन–२०८४ अभियान एकल बहुमतको सरकार बनाउने अभियान भएकोले एमालेलाई नागार्जुन नगरपालिकामा हार्न छुट नभएको बताएकी छन् । शानिबार काठमाडौंको स्वयम्भु स्थित स्टार बैंक्ववीटमा जारी एमाले नागार्जुन कमिटिको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले एमालेले लिएको राष्ट्रिय आकांक्षा–‘समृद्ध नेपाल,सुखी नेपाली’को लक्ष्य भनेको मिसन २०८४ सम्ममा एमालेलाई १ नं को पार्टी बनाउने,एकल बहुमतमा एमलेको सरकार बनाउने रहेककाले  नागार्जुनमा भएको एमालेको बर्चश्वलाई एकिकृत गरेर लैजानु पर्ने हुँदा हार्न छुट नभएको बताएकी हुन् । सो उद्घाटन समारोहमा उनले यसका लागि नागार्जुन एमालेले अहिलेदेखि नै रणनीति बनाएर अगाडी बढ्नु पर्ने हुँदा अघिल्ला नेतृत्वहरुबाट नगर किमिटिमा रचनात्मक र प...
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची छ ।...

बलिवुड अभिनेत्री सोनाक्षी आज वैवाहिक बन्धनमा बाँधिँदै

कला, ताजा अपडेट, बिशेष, समाचार, साहित्य
काठमाडोँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिँदै छन्। आजै सुरुमा उनीहरुले इन्गेजमेन्ट गर्नेछन्। त्यसपछि विवाह दर्ता गर्ने बताएका छन्। यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेस्टुरेन्ट बस्टनमा रिसेप्सन पार्टी हुने बताइएको छ। आज हुने रिसेप्सन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो।...
महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना अझै  बेपत्ता

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना अझै बेपत्ता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज विहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएको र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको बताए ।  शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए । बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको जनाएको छ ।  ...
संसद्का कर्मचारीले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने

संसद्का कर्मचारीले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सङ्घीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन्। बैठकमा मुख्य सचिव डा। वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन्।आफ्ना विभिन्न माग राखेर संसद् सचिवालयका कर्मचारीहरूले केही दिन देखि आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भएको थियो ।...