ताजा अपडेट

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

ताजा अपडेट, बिशेष, समाचार
सिन्धुपाल्चोक । गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।...

‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना हुँदै,१९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। नेपालमा ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना हुने भएको छ । आइतबार उमङ्ग क्रिएशन प्रालिले काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टीमा एक पत्रकार सम्मेलन गरेर उक्त सौन्दर्य प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आगामी भदौ ११ गते ‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार सो सौन्दर्य प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि हिजो असार ९ गते आइतबारदेखि असार ३१ गतेभित्र  आवेदन फारम भर्नका लागि १९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुलाई आव्हान गरिएको छ । आवेदकको उचाई कम्तिमा ५ फिट, ३ इन्च हुनु पर्नेछ ।उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा उनले सहभागिहरुले ...

भिर मौरीको टोकाइबाट १३ जना घाइते, तीन जनाकोअवस्था गम्भीर

ताजा अपडेट, बिशेष, समाचार
रुकुम । रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट जिल्लाको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् । आइतबार बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको उनले बताए । उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन् । उनीहरूलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए ।...
चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।   चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।...

सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जनाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।...
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । यस्तै, आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूचीले निरन्तरता पाउने छ।...

यस्तो छ आजको विदेशी विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ ।...

तारकेश्वर नगरपालिकाले तेश्रो लिङगीलाई मासिक ५ हजार भत्ता दिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्थानीय
जमुना धमला काठमाण्डौं । तारकेश्वर नगरपालिकाले तेश्रो लिङ्गीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । नगरपालिका भित्र तेश्रो लिङ्गी भनेर कानून सम्मत पहिचान भएका स्थाई नगरवासीहरुलाई प्रोत्साहन स्वरुप मासिक रु ५ हजार प्रदान गरिने भएको छ । तारकेश्वर नगरपालिकाको १५ औं नगरसभामा आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख कृष्ण हरि महर्जनले उक्त घोषणा गर्नुभएको हो । समाजमा तेश्रो लिङ्गी समुदाय प्रति हेर्ने दुष्टीकोण नकारात्मक रहेका कारणले उक्त समुदाय पहिचान लुकाएर हिड्न बाध्य छन् । नेपालको संविधानको धारा ३८, धारा ४२ ले राज्यका निकायहरुमा समान सहभागीता र यौनिक तथा अल्पसंख्यक समुदायहरुलाई विभेद नहुने र विशेष कार्यक्रमहरु ल्याउन बाधा नहुने उल्लेख गरिएको छ । संविधानले परिकल्पना गरे अनुरुप नेपालमै पहिलो पटक तारकेश्वर नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको ...
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू(भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भा...

एमाले नागार्जुन नगर कमिटिको अध्यक्षमा नन्दनहरि गौतम निरविरोध निर्वाचित,अन्य पदमा के भयो ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटिको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष नन्दनहरि गौतम पुनः निरविरोध निर्वाचित भएका छन् ।   हिजो शनिबार उद्घाटन भएको एमाले नागार्जुन कमिटिको दोसो अधिवेशनबाट आज दोस्रो दिन आइतबार उनि सहित अन्य पदका सबै पदाधिकारी र सदस्य निरविरोध निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत ध्रुवराज पाण्डेले जानकारी दिएका छन्।   अधिकृत पाण्डेका अनुसार पार्टी अध्यक्ष वा केन्द्र र माथिल्ला कमिटिहरुले दिएका सुझाबका आधारमा हिजो साँझ समापन भएको उद्घाटन सत्रपश्चात बन्दसत्र सञ्चालन भएको थियो । सो बन्दसत्रको दोस्रो दिन आइतबार राती ११ बजे बल्ल तल्ल सहमति जुटेको थियो ।करिब २८ घण्टासम्म सर्वसम्मतिको प्रयास गरेपछि अन्तत्वगत्व सर्वसम्मति जुटेको उनको भनाई छ।  पार्टी केन्द्रिय सदस्य तथा नागार्ज...