ताजा अपडेट

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
धनगढी । चलिरहेको टेबुल पंखा शरीरमा खस्दा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका(७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।...

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२
काठमाडौं । अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए।...
नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या देखिएको हो। अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ। त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३. २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । सोमबार तीन सय २२ कम्पनीको एक करोड ७ लाख सात हजार ८ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको हो । सोमबारको कारोबारमा विकास बैंक एक दशमलव ५६, वित्त दुई दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त एक दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ ।...

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत अनुरोध गरेको छ । सरकारले आगामी साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलली र कञ्चनपुर जिल्लाका लाभग्राहीलाई भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नम्...

अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेको छ । पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(५ का ३० वर्षीय किपेश महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महर्जनलाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।...
वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन

वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
काठमाडौं। गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन गरिएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।  ...

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं। मेलम्ची खानेपानी आजदेखि बन्द हुने भएको छ ।मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।समितिका कार्यकारी निर्देशक रत्न लामिछाने मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको जानकारी दिए ।...

कानुन मन्त्री र संसदका कर्मचारी बीच वार्ता जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ । केही दिन देखि संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारीहरुका समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको छ ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...