ताजा अपडेट

देशभर फैलियो मनसुन

देशभर फैलियो मनसुन

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । यस वर्षको मनसुन प्रणाली सोमबारबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो । साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ । मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू(क्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको ...

सुनसरीको बुढी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
सुनसरी । सुनसरी र मोरङको सिमाना छुट्टाउने बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा अन्य तीन जना बेपत्ता भएका छन् । बिहानैदेखी परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैंचा(५ का स्थानीय ४ जनालाई बगाएको हो । तीमध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।...

मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन्  । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् । उनले मधेसका महिलाहरू शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।...

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए । उनले विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइए...
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
झापा । झापामा आज बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका(२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका(८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथै गौरीगञ्ज गाउँपालिका(३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर रहको भएको जानएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ । यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।...

खैरो हेरोइनसहित दुई जना पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौ । काठमाडौँको बानियाँटारबाट लागुऔषध खैरो हेराइन सहित दुई जना पक्राउ गरेको छन् । पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी रहेका छन् । आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले जानकारी दिए । उनीहरुले लागु औषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।...

बाढी आएसँगै काठमाडौंमा मेलम्चीको खानेपानी बन्द

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आजदेखि आपूर्ति बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।...

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ताजा अपडेट, बिशेष, समाचार
बागलुङ । दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ । यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए । विसं २०७६ मा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने भए पनि यस वर्ष बल्ल कालोपत्र गरेको उनले बताए । निर्माण कम्पनीले यस वर्ष ९० प्रतिशत काम सक्ने अनुमान गरे पनि लक्ष्यमा पुग्न सकेको छैन । हटिया बजारबाट ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानसम्म मात्रै...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...