ताजा अपडेट

कोपा अमेरिकामा क्यानडाको पहिलो जित

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं। क्यानडाले जारी कोपा अमेरिका अन्तर्गत पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १(० गोल अन्तरले पराजित गरेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । यस खेलमा खेलको ५९औं मिनेटमा पेरुका मिगुएल अराउजोले रातो कार्ड पाएपछि पेरु १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि क्यानडाको २ खेलमा ३ अंक भएको छ भने पेरुको २ खेलमा एक अंक रहेको छ ।...

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै गितार उपहार दिएका हुन् । प्रधानमन्त्रीले परियारलाई बधाई दिँदै खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।...

वर्षाले पृथ्वी राजमार्ग भासियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका(१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । भारी वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । सडक अहिले एकतर्फी खुलाइएको बताइएको छ ।...

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।...
चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

ताजा अपडेट, बिशेष, समाचार
धनगढी । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको छ । बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ । त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।...
यी स्थानमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

यी स्थानमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंसिक देखि सामान्य बदली रही स्थानहरुमा भारी वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले देशको कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र...

कास्कीमा पहिरोमा परी २ जनाको मृत्यु, १ घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । कास्कीमा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारालाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्ष...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।  मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।...

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । “यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।” दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।...
विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

ताजा अपडेट, बिशेष, समाचार
विराटनगर ।मोरङमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो । विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।...