ताजा अपडेट

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ ।...

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’...

लमजुङ पहिरो : बेपत्ता चार जनाकै शव भेटियो

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
लमजुङ ।  लमजुङको क्व्होलासोथर गाउँपालिका(३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो । मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।...

मुग्लिन नारायणगढ सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।
९ महिनादेखिको तलब नपाउँदा कैलालीका स्वास्थ्यकर्मी समस्यामा

९ महिनादेखिको तलब नपाउँदा कैलालीका स्वास्थ्यकर्मी समस्यामा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
कैलाली । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताए । ‘आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेका थियौँ । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन’, उनले भने, ‘वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन, कर्मचारी निकै समस्या...

विराटनगरमा बस्ती पस्यो खोलाको बाढी

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
विराटनगर । विराटनगरमा अविरल वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ ।बिराटनगर महानगरपालिकाका ११, १२, १६, १७ र १८ वडाका अधिकांस भाग जलमग्न भएका छन् । मध्यरातिदेखि परेको पानीले अधिकांश वडा डुबानमा परेका छ्न् । विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न भएका छन् ।...

बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

ताजा अपडेट, बिशेष, समाचार
मोरङ । मोरङमा र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी सासू र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।...
७ सयले घट्यो सुनको मूल्य

७ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँ कायम भएको छ ।...
ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ताजा अपडेट, समाचार
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो ।...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने बताएका छन् ।