ताजा अपडेट

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।...

झापामा हात्ती मृत फेला

ताजा अपडेट, बिशेष, समाचार
झापा। झापाको मेचीनगर नगरपालिका(३ मा पर्ने धरधरेमा एउटा हात्ती मृत फेला परेको छ । अन्दाजी ५र६ वर्षको हात्ती आज बिहान स्थानीयले मृत फेला पारेका हुन् । घटनास्थलमा वन कर्मचारी र हात्ती संरक्षणकर्मीहरू पुगिसकेका छन् । हात्ती कसरी मर्‍यो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने वन कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।...

बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्ति दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्‌बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सातादेखि ओरालो गतिमा छ । सोअनुसार नेपालमा पनि मूल्य घट्दै गएको छ । जेठ २५ गते सुनको भाउ तोलमा १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।...

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२।१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक ९लिखित०तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी अनुत्तिर्ण ननग्रेड भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले उत्तीर्ण हुन प्रत्येक विषयमा न्यूनतम ३५...
आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ ।...

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने भएको छ । नगरपालिकाले नगर क्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ ।...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।...

आजको मौसम : चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंसिक देखि सामान्य बदली रहीि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । हाल देशको कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाल...