ताजा अपडेट

नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्यु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं  ।  काठमाडौंको सीतापाइला स्थित सिभिल होम नजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा कार चालक नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ। दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार गए राति कल्भर्टबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्‍याएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ...

कामपा १६ नं वडाले ग¥यो ३ हजार भन्दा बढी राष्ट्रिय परिपचय पत्र वितरण

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ ले करिब ३२ सय राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । वडाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको समन्वय र सहकार्यमा केहि समय अघि वडाका विभन्न ठाउँबाट संकलन गरिएका आवेदन रुजु फारम÷भरपाईका आधारमा गत जेठ २३ गतेदेखि सो परिचय पत्र वितरण कार्य शुरु गरेको वडा नम्बर १६ का कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनले जानकारी दिएका छन्। कार्यबाहक अध्यक्ष महर्जनका अनुसार वितण कार्य व्यवस्थित बनाउँन र सबै वडावासीको सहजताको लागि वडाको मध्यभागमा रहेको नयाँबजार खुशीबु टाउन प्लानिङ स्थित ‘जुडो÷मार्सल आर्ट हल’ बाट सो वितरण कार्य गरिएको छ।वितरणका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रतिनिधि र वडाले समेत केही सहयोगी खटाएको छ । वितरक तथा कार्यालय सहयोगी कल्पना श्रेष्ठका अनुसार ६ हजार ५ सय जनाको परिचयपत्र संकलन गरिएकोमा असार १३ ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन् ।...

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । सिन्धुपाल्चोक केन्दविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

बागमती प्रदेशको बजेट बहुमतले पारित

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
हेटौंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको छ । बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । आज देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र...

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी असार १६ देखि बन्द

ताजा अपडेट, बिशेष, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्‍यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने भएको छ । बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्‍यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको हो । निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला(खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा जनाएको छ ।...

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार९भोलि० बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।...

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा  (एसईई)   को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।...