ताजा अपडेट

रोटरी क्लब अफ कुपण्डोलको २४ औँ स्थापना दिवस : बोर्ड सदस्यहरुलाई सम्मान,शिर मेमोरियल अस्पताललाई ‘सिटी स्क्यान मेशिन उपलब्ध गराउने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ललितपुर ।रोटरी क्लब अफ कुपण्डोलले २४ औँ स्थापना दिवस मनाएको छ । बिहिबार क्लबले रोटी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा ललितपुर स्थित सांग्रिला ब्लु होटलको  सभाहलमा एक समारोहको आयोजना गरि आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो । क्लबक अध्यक्ष नबराज बरालले स्थापना दिवसका दिन क्लबका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको जानकारी दिए ।सो स्थापना दिवसको अवसरम अध्यक्ष बरालले रोटा वर्ष २०२३ ÷२४ मा क्लबलाई गतिशिल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै बोर्ड सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए।   साथै कार्यक्रममा रोटा वर्ष २०२४ ÷२५ को नयाँ कार्यसमितिमा अध्यक्ष लोचन जोशी सहितको नयाँसमितिले पदस्थापन समेत गरिएको थियो । औपचारिक रुपमा पदस्थापन गर्दै नवनिर्वाचित अध्यक्ष जोशीले निजी स्वा...

जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।
पहिरोले कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
सुर्खेत । विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली करिडोरका सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्ड अन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए ।...

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । “हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने । जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको ...

रामेछापमा भएको बस दुर्घटनामा आठ जना घाइते, तीनको अवस्था गम्भीर

ताजा अपडेट, बिशेष, समाचार
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अब घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। घरजग्गा किनबेचसँगै सरकारले बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ। सरकारले आँउदो माघ महिनादेखि घर जग्गा किनबेच, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय र टेलिफोन तथा सिमकार्ड लिँदा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।  ...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । शुक्रबार तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।...

ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा आएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो ।...

भोलि नागार्जुनको वडा नम्बर ७ मा पदयात्रा हुँदै,न्यौपाने खोल्सीबाट शुरु हुने

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।“घुमौ नागार्जुन चिनौ नागार्जुन” भन्ने नाराका साथ नागार्जुन नगरपालिका वडा नं ७ मा भोलि असार १५ गते शनिबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित पदयात्रा हुने भएको छ । नागार्जुन नगरभित्रका पर्यटकीय स्थलहरुलाई विश्वभर चिनाउने र पर्यापर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए ।अध्यक्ष लामाका अनुसार नगरपालिकाले तय गरेको ‘समृद्ध नागार्जुनको आधार,पर्यटन सहितको पूर्वाधार र आवसीय नगर’ भन्ने नारालाई सार्थक तुल्याउन पनि सो पदयात्रा गर्न लागिएको हो। यस पदयात्राले  नागार्जुन नगरभित्रका पर्यटकीय गन्तव्य तथा संभावनाहरुको थप खोजि गरि प्रचार प्रसारमा टेवा प¥याउने आशा लिइएको उनको भनाई छ । पुरातात्विक सम्पदा,बस्ती,धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पहिचान गरि संरक्षण तथा सम्बद्र्धन गर्ने नगरपालिकाक...