एमाले नागार्जुन नगर कमिटिका नवनिर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ
सीता पौडेल(अर्चना)
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटीका नवनिर्वाचित अध्यक्ष बाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।सँगसँगै लेखा समितिका नवनिर्वाचित अन्य पदाधिकारीले पनि आजै शपथ ग्रहण गरेका छन्।
शनिबार नागार्जुन नगरपालिकाको वडा नम्बर–३ स्थित इचंगुनारायण मन्दिरको सभाहलमा एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष नन्दनहरि गौतमले नगर कमिटिका अन्य पदाधिकारी तथा सदस्य गरि ७४ पदका लागि गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।सो समारोहमा लेखा समितिमा निर्वाचित अन्य थप ४ जना सदस्यहरुलाई पनि नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण खनालले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।एमाले नागार्जुनले ७५ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटि बनाएको हो ।
यहि असार ८ र ९ गते सम्पन्न एमाले नागार्जुन नगर कमिटिको दोस्रो ...



