ताजा अपडेट

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने गत शुक्रबारकै मूल्य कायम हुँदै आज स्थिर रहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।...

काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार दिएका हुन् । सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए ।...

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो । प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।...

प्रतिनिधि सभाको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची छ । त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत हुने छन् । त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रश्तुत गर्नेछन् । आजकै बैठकमा भन्सार महसुल विधेयक पनि पारित गर्ने कार्यसूची छ ।...
आज संसद् दिवस मनाइँदै

आज संसद् दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताउए । यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरे।...

नागार्जुन वडा नं ७,को पहिलो चरणको पदयात्रा सम्पन्न

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नागार्जुन नगरपलिका वडा नं ७ ले  “ घुमौं नागार्जुन,चिनौं नागार्जुन ” भन्ने मूल नाराका साथ पहिलो चरणको पदयात्रा सम्पन्न गरेको छ। शनिबार बिहान ७ बजे वडाको न्यौपाने खोल्सीबाट शुरु भएको सो पदयात्रा वडा नं ७ कै खट्कीले चौर,विन्दवासिनी मन्दिर हुदै जंगलै जंगल केही उकालो र कही तरपाए तरपाए बाटो हुँदै छापे चौर (स्वीजरल्याण्ड पार्क)सम्म पुगि विविध सांस्कुतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरेर सम्पन्न भएको वडा अध्यक्ष शैलेन्द्र लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार वडाले नगरपालिका र जिल्ला समन्वय समितिसँगको समन्वयमा न्यौपाने खोल्सीदेखी छापेचौरसम्म पुग्न सुन्दर जंगलको बीचबाट करिब २ किलो मिटर दुरीको पदमार्ग निर्माण गरि पहिलो चरणको पदयात्रा सम्पन्न गरेको हो ।सो पदमार्ग निर्माणको लागि नसिङ दल गणले श्रमदान गरेको थियो ।गणका प्रमुख सेनानी गणेश खड्काले उक्त पद...

दोस्रो पटक विश्व विजेता बन्यो भारत

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
ब्रिजटाउन । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।

आजदेखि एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।...

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया देखि पूर्णतया बदली रही केही प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशक...
मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
काठमाडौं ।नेकपा एमाले काठमाडौं महानगर कमिटीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ। मदन जयन्तीका अवसरमा महानगर कमिटीले ‘म्हेपी आजिमा मन्दिर’परिसरमा शुक्रबार विभिन्न नेताहरूको सहभागितामा कार्यक्रम गरेको हो ।काठमाडौं महानगरपालिका वडा १६ नम्बर वडाले व्यवस्थापन गरेको कार्यक्रममा एमालेका नेताहरूले विरुवा रोपे ।साथै नेताहरूले मदन भण्डारीको योगदानलाई स्मरण गरे । कार्यक्रममा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्तले विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएको स्मरण गरे ।‘‘मदन भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरूप लागू गर्नुभएको थियो । जनताको बहुदलीय जनबाद ९...