ताजा अपडेट

नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।टी–२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ। फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए। नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो। आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन। दुई खेलाडीबीचको नोकझोक भएको थियो। तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए। सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो। –  एजेन्सी...
पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएका कारण आफैंलाई निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।प्रहरीको अनुसन्धान अनुसार प्रेमिकाले विदेश गएपछि आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए । गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ निवासी २२ वर्षीय प्रहरी जवान उनले सुरक्षाका...
आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।...
संघीय संसदमा मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि

संघीय संसदमा मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि

ताजा अपडेट, समाचार
काठमाडौं । बुधबार बिहान संघीय संसदको शौचालयमा गोली लागेर मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि भएको छ । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको देखाएको छ । प्रहरीका अनुसार उनले बिहान ८ बजेर २ मिनेट जाँदा गोली हानेका थिए । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो । गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीको कार्यदलबाट बानेश्वर संसद् भवनमा खटिएका गोलेले बुधबार बिहान ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।...

धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना देखिएको छ । बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि तीनैजना उम्मेदवारलाई बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएपछि रद्द हुने सम्भावना देखिएको हो । स्रोतका अनुसार ९ बजेका लागि बोलाइएको अन्तर्वार्तामा उनीहरु अनुपस्थित भएका थिए । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भएका थिए । बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल...
संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

ताजा अपडेट, समाचार
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । संसद भवनको सुरक्षारर्थ खटिएका दोलखाका प्रहरी जवान अजित गोली शौचालयमा मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो । उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनको शवलाई पोष्टमार्टमका लागि सिभिल अस्पताल पठाइएको छ ।...
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु  : मन्त्री श्रेष्ठ

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : मन्त्री श्रेष्ठ

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन्। मंगलबार शिक्षा मन्त्रालय सम्हालेको सय दिन पुरा भएको अवसमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने दाबी गरेकी हुन्। सो पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो सास भएसम्म शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने नीति लागू गर्न पहल गरिरहने बताइन्।अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएपनि यसले गतिलिएको र सबैको साथ र सहयोगले यस प्रकारको पहलले सार्थकता पाउने आशा जाहेर गरेकी छन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षणमा असर पुग्ने भन्दै उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरिरहेको बताइन्।साथै उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनी...

प्रेरक प्रसंग : भोली भोग्नै पर्छ

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एक पटक कसैले एक जना साधुको गाई चोरेर लग्यो ।त्यो कुरा गाउँबस्तीमा फैलियो ।सबै जना साधुको कुटीमाा जम्मा भए। साधुले भने,‘मैले गाई लग्नेलाई देखेको थिएँ तर जपमा बसेको हुनाले म बोल्न सकिनँ। चोरले मलाई देखाइ –देखाई गाई लग्यो ।’ जम्मा भएका मानिसहरु चोरलाई गाली गर्दै थिए –गाईसम्म अब देख्न नहुने भइस्क्यो कसरी बाँच्ने ?यस्ता चोरलाई त समातेर चुट्नसम्म चुट्नुपर्छ ।अनि देख्छ अर्काको वस्तु चोर्दा कस्तो हुँदोरहेछ। कुटीमा जम्मा भएका मानिसहरुले विभिन्न कुरा सुनिसकेपछि साधुले सबैलाई चुप रहन संकेत गर्दै भने–त्यस चोरले मप्रति कुनै अन्याय गरेको छैन।गाई आजदेखि मेरो प्रारब्धमा थिएन त्यसैले उसले आएर लग्यो ।जे हुनु थियो,भयो । यस कामले त उसले आफूले आफैंप्रति अन्याय ग¥यो ।किनकि उसले चोरी काम ग¥यो । पाप काम ग¥यो । उसले गरेको पापको दण्ड आज नभोगे तापनि भोलि त अवश्य भोग्नै पर्छ,भगवानले प...

आजको विदेशी विनिमय दर, कुन देशको कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिद दर १३३.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७६ रुपैयाँ रहेको छ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३२ रुपैयाँ रहेको छ। यता अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६९ रुपैयाँ रहेको छ । यस्तै साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ...
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ । अहिले देशको कोशी र मधेश प्रदेशमा पूर्णतया बदली,बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पुर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।कोशी,बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी ,मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही  कोशी,बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई छ ।  साथै कोशी प्रदेशका ए...