ताजा अपडेट

तारकेश्वर नगरपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
जमुना धमला काठमाडौं । तारकेश्वर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्यमा रोक लगाएको छ । नगरपािलकाले बिहीबार एक सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०८१ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन,संकलन बन्द गरिएको उल्लेख छ ।     नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बिओपीहरूलाई समेत ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।...
घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखेर निर्जला एकादशी मनाइएको छ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी  भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिदिने प्रचलन छ ।यो चार महिनालाई चर्तुमास भनिन्छ ।भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह,व्रतबन्ध आदि गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।  ...
श्रीमती हत्या आरोपमा श्रीमान  पक्राउ 

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ 

ताजा अपडेट, बिशेष, समाचार
रौतहट । श्रीमतीको हत्या आरोपमा आरोपमा श्रीमान पक्राउ परेको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ । उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् ।’ प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए ।  ...
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

ताजा अपडेट, बिशेष, समाचार
जमुना धमला काठमाडौं । मनसुन भित्रिएको एक साता हुँदा पनि अझै मनसुन देशको पूर्वी भू–भागमा सीमित रहेको छ । मनसुन औसत समयभन्दा तीन दिन छिटो अर्थात जुन १० मा नेपाल  भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनु महर्जनका अनुसार यस वर्ष मनसुन नेपाल प्रवेश गर्दा नै कमजोर भएर प्रवेश गरेको थियो । त्यसैले देशभर फैलिन केही ढिलो भएको हो । ‘अहिले को अवस्थालाई हेर्दा मनसुन कहिले देशभर फैलिन्छ भन्न सक्दनैँ । तर क्रमिक रुपमा विकसित हुने क्रममा छ’, उनले भनिन् । पश्चिमी भू–भागमा पश्चिमी वायु नै बलियो अवस्थामा रहेकाले पूर्वी भू–भागमा नै धेरै दिन मनसुन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको  थियो । विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहे...

डा. केशीद्वारा अनसन बस्ने चेतावनी

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । प्रा.डा. गोविन्द केशीले पुनः एकपटक अनसन बस्ने चेतावनी भएका छन् । डा. केशीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका हुन् । उनले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनसन) सुरु गर्ने चेतावनी दिएका हुन् । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् । उनले उक्त फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध समेत गरेका छन् ।...
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
लमजुङ। गए रातिदेखिको निरन्तर वर्षाले पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपार्इले जानकारी दिनुभयो । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।...
आजको राष्ट्रिय सभाको बैठकको यस्तो छ कार्यसूची

आजको राष्ट्रिय सभाको बैठकको यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद् सचिवालयमा १ बजे बस्ने सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । यस्तै, “सुरक्षण मुद्रण सम्बन्धि विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।...
अनुपम म्युजिक पोखराको उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

अनुपम म्युजिक पोखराको उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

ताजा अपडेट, बिशेष, मनोरन्जन, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) पोखरा।अनुपम म्युजिक,पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ। शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।अबको परिवेशमा भाषणकला जीवनका लागि एक अनिवार्य कला भएको भन्दै उनले सबै वर्ग र क्षेत्रका मानिसहरुले यस प्रकारको सीप सिक्न जरुरी भएको बताए। साथै उनले वडाले पनि वडाभित्रका आमा समूह,टोल विकास समितिलगायतका विभिन्न संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरुका लागि भाषण कला सम्बन्धी तालिम सञ्चालन गरेको र त्यस तालिमबाट धेरै जनाले लाभ लिएको जिकिर गरे ।यस्ता तालिमले मानिसको व्यक्तित्वलाई उच्च बनाउन मद्धत पुग्ने उनको भनाई छ। अनुराग अधिकारी,रुपिन्द्र प्रभावीलगायतका सम्बन्धित विज्ञहरु प्रशिक्षक रहेको सो तालिमको समापन समारोहमा वडा अध्यक्ष पराजुलीले अनुपम...
सुदुरपश्चिमबाट पूर्वी भू–भागमा फैलियो मनसुन,यी प्रदेशमा वर्षाको सम्भावना

सुदुरपश्चिमबाट पूर्वी भू–भागमा फैलियो मनसुन,यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौ।अघिल्लो हप्त सुदुरपश्चिम प्रदेशबाट भित्रिएको मनसुनी प्रणाली हाल देशको पूर्वी भू–भाग देखिएको छ ।यस मनसुनी प्रणालीको प्रभावले आज कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ। आज विहानैदेखि कोशी,मधेस प्रदेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार  दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशलगायत बाँकी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति पनि कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै तथा मधेस,ब...
४ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

४ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

ताजा अपडेट, समाचार
गुल्मी । गुल्मीमा गत चार दिनदेखि बेपत्ता एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका –१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् । घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका–२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।...