ताजा अपडेट

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौँ । मनसुन सक्रिय हुन् अझै केही दिन लाग्ने भएको छ ।यस वर्षको मनसुन प्रणाली तीन दिन छिटो गरी गत सोमबारदेखि कोशी प्रदेशबाट नेपाल भित्रिए पनि देशभर फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनु महर्जन बताइन् । ‘अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकाले मनसुन प्रणाली सक्रिय हुन् सकेको छैन्,’ मौसमविद महर्जन भनिन् । उनका अनुसार मनसुनी वायु बलियो भएर पश्चिमी वायुलाई धकेलेपछि मात्रै मनसुनी गतिविधि बढ्छ । अहिले त्यो अवस्था नरहेको उनले बताइन् । हाल देशका स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सोही कारण मनसुन देशभर फैलिन अझै केही दिन महर्जनले बताइन् । विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जना...
ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सयमा कारोबार भएकोमा आइतबार बढेर एक हजार ८२० मा कारोबार भइरहेको छ ।...

एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बद्रीनाथ पौडेल निर्वाचित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बद्रीनाथ पौडेल निर्वाचित भएका छन्। एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलनको शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको बन्दसत्रले गरेको निर्वाचनबाट आफ्ना प्रतिष्पर्धी जीवनबाबु तिवारीलाई पछि पार्दै उनि विजयी भएका हुन्। निर्वाचित पौडेलले जम्मा खसेको १ सय ७६ मतमध्ये १ सय २० मत प्राप्त गरेर विजयी भएका हुन्।भने,उनका प्रतिष्पर्धी तिवारीले जम्मा ५६ मत प्राप्त गरेका थिए ।विजेता पौडेल मध्यनेपाल नगरपालिका,१ जिताका स्थायी बासिन्दा हुन् । मञ्चको नयाँ नेतृत्व चयनका लागि एक हप्ता अगावै भएको सो सम्मेलनको बन्द सत्रबाट अध्यक्ष बाहेकका सबै पदका उम्मेदवारहरु भने निरविरोध निर्वाचित भइसकेका थिए।लामो समयसम्म सर्वसम्मतीको प्रयास गर्दा सहमती जुट्न नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन...
केमिकल हालेर पकाइएको आँप कसरी चिन्ने

केमिकल हालेर पकाइएको आँप कसरी चिन्ने

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
काठमाडौँ । अब आँपको सिजन आएको छ । सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू बताउँछन् । रसायनयुक्त आँप खाँदा फुड पोइजनिङ, पेट दुख्ने, झाडापखाला लाग्ने लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले औँल्याएको छ । यस्तो अवस्थामा रसायनमुक्त आँप पहिचान गर्नुपर्ने जानकारहरूले सुझाएका छन् । रसायन युक्त आँपले स्वास्थ्यमा एकैपटक असर नदेखिए पनि ‘स्लो पोइजन’ को रूपमा काम गर्ने विज्ञ भनाई छ । लामो समयसम्म ‘क्याल्सियम कार्बाइड’ खानाले क्यान्सर समेत गराउने छ । आँप आफैमा भने पोषणको दृष्टिकोणले भरिपूर्ण हुन्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिज पाइन्छन् । श्रेष्ठका अनुसार प्राकृतिक रूपले पाकेको आँपको तुलनामा विषदी राखेर पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पो...

मनकामना केबलकार असार ३१ गतेदेखि बन्द हुने

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको स्तरोन्नतिका लागि असार अन्तिम सातादेखि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले एक सुचना जारी गर्दै बताएको छ । प्रालिका अनुसार असार ३१ गतेदेखि केबलकार सेवा बन्द हुनेछ । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको बताइएको छ ।...
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का

ताजा अपडेट, राजनीति, समाचार
कञ्चनपुर।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। शनिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको ‘जिल्ला सम्मेलन उद्घाटन समारोह’मा बोल्दै उपसभापति खड्काले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने जिकिर गरे। खड्काले भने, “संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ । सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ।” साथै उनले पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने र सङ्गठन विस्तार अभियानमा अब्बल बन्ने दाबी गरे।...
कुरा सुन्दा सरकार केही समयपछि भताभुङ्ग हुन्छ : विप्लव

कुरा सुन्दा सरकार केही समयपछि भताभुङ्ग हुन्छ : विप्लव

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारमा भएका व्यक्तिहरुको कुरा सुन्दा यो सरकार केही समयपछि भताभुङ्ग हुने बताएका छन्। शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवादमा बोल्दै उनले सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आगामी आर्थिक वर्षको बजेटबारे आलोचना गरिहेका कारण अर्थतन्त्र निर्माणका सम्बन्धमा राज्य अल्मल्लिएको स्पष्ट भएको बताए।भने,यस प्रकारको शैलि र बजेटबाट नागरिकले के आशा राख्ने ? भन्दै सरकारलाई प्रश्न गरे। कार्यक्रममा उनले अहिलेको बजेट  नेपाली जनताको जीवन सुधारमा निर्णायात्मक भूमिका नखेल्ने जिकिर गरे । भने,सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने आशंका व्यक्ति गरे।...
घट्यो पेट्रोल,डिजल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल,डिजल र मट्टीतेलको मूल्य

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको जनाइएको छ। मूल्य घटेपछि काठमाडौं,पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ।त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४,चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ। त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं,पोखरा र दिपायल वरपर प्रतिलिटर १५२,सुर्खेत र दाङ वरपर १५१ र चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ।...
राष्ट्रपति पौडेल जर्मनको बर्लिनमा

राष्ट्रपति पौडेल जर्मनको बर्लिनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
बर्लिन ।राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् ।उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का,दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् ।उनले असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने सचिवालयले जनाएको छ।...
जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका(२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो । दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।...