ताजा अपडेट

आजको मौसम : चार प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१
काठमाडौं । आइतबार देशको चार प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । उक्त प्रणलीको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाक...
एमाले स्याङ्जा –काठकाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरज न्यौपाने निर्वाचित

एमाले स्याङ्जा –काठकाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरज न्यौपाने निर्वाचित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं ।नेकपा एमाले स्याङ्जा – काठकाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरज न्यौपाने निर्वाचित भएका छन्।सो मञ्चको आज शनिबार भएको १३ औं सम्मेलनबाट न्यौपाने १३३ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षका अर्का उम्मेदवार डार्बिन पोखरेलले जम्मा ९७ मत ल्याएका छन् । यसैगरि उपाध्यक्षमा नारायण चापागाईं विजयी भएका छन् । चापागाईंले १४९ मत ल्याउँदा उनका प्रतिष्पर्धी उदयराज पाठकले जम्मा ७५ मत प्राप्त गरेका छन् । यस्तै सम्पर्क मञ्चको सचिवमा नारायणमुनी सिग्देल १२३ मतका साथ विजयी भएका छन्। भने उनका प्रतिष्पर्धी शिबु रानाले १०५ मत प्राप्त गरेका छन् ।  त्यस्तै उप–सचिव खुल्लामा दामोदर पौडेल (बिचार) विजयी भए । पौडेलले ११९ मत प्राप्त गरे ।उनका प्रतिष्पर्धी सुनिल भट्टराईले भने ९५ मत प्राप्त गरे ।उपसचिव महिलामा नीता पौडेल पोखरेल विजयी भइन् ।पोखरेलले ११४ मत प्राप्त गरिन् ।भने,उन...

पूर्वाधारको विकास मात्र विकास होइनः नगरप्रमुख महर्जन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले पूर्वाधारको विकास मात्र विकास नभएर समग्र पक्षको विकास नै विकास भएको बताएका छन् । आज नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८१÷०८२ को ‘योजना तर्जुमा, जनप्रतिनिधिहरुको नगरबासीप्रति उत्तरदायित्व तथा राजनितिक दलसँग सुझाव संकलन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विकासको लागि खानेपानी, बाटोघाटो, ढल, पर्यावरण लगायत सम्पूर्ण पक्षको विकास नै नगरको विकास बताए । आगामी आर्थिक वर्षलाई खानेपानी वर्षका रुपमा कार्यक्रम गर्ने नगरको योजना रहेको उनले जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख सुजना बुर्लाकोटीले बजेटको विनियोजन भूगोल हेरेर गर्नुपर्ने बताइन् । ‘जुन ठाँउमा जनप्रतिनिधिको आँखा पुगेको हुँदैन्, त्यहाँ जनताले देखाउनु आवश्यक पर्छ । हामी सोहीअनुरुप कार्यक्रम तय गर्नछौँ’ उनले भनिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले...
काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आज काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने विभागका मौसमविद् सरोज पुडासैनीले बताए । उनका अनुसार आज अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसमविद् पुडासैनीका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए। शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुनेछ। आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ। शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो।...
टी–ट्वान्टी विश्वकप क्रिकेटः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

टी–ट्वान्टी विश्वकप क्रिकेटः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

खेलकुद, ताजा अपडेट, ब्यानर-१
काठमाडौं । टी–ट्वान्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको एक सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १४ रन बनाउन सक्यो । नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिएका आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे । प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ । यस खेलमा कम्ब्याक ...
अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
बारा । बारामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ। अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज,खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गरिदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ।खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गर्ने पनि महानगरको नीति तथा कार्यक्रम रहेको छ। आगामी आर्थिक वर्ष २०८१ ÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने घोषणा गरेका हुन्।महानगरले जंक फुड प्रयोगलाई समेत निरुत्साहित गर्ने रणनीति पनि लिएको उनको भनाई छ। महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाने,स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाउनने नीति महानगरले लिएको छ। साथै मेयर बालेन्द्र शाह (बालेन)ले कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले बजेटको व्यवस्था गर्ने बताएका छन् ।त...
आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौँ ।बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो। बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

स्मार्ट युवा गृहमन्त्रीको स्मार्ट काम : क्युआर कोडबाटै गुनासो संकलन

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीको गुनासो सुन्नको लागि ‘क्युआर कोड’उपलब्ध गराएका छन् । यसबाट अब सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि गृहमन्त्री वा गृहमन्त्रालयसमक्ष गुनासो पु¥याउन सक्ने छन् ।गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास भएसँगै सेवाग्राहीलाई यो सुविधा प्राप्त भएको हो। बिहिबार मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका  हुन् । मातहतका निकायहरूमा समेत ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने उनको भनाई छ । यस्तो प्रावधानसँगै देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत अब गुनासो लिएर गृहमन्त्रालय धाइरहन नपर्ने भएको छ।  ...