ताजा अपडेट

टीः२० विश्वकप : टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल,सन्दीपको ‘कम ब्याक’

टीः२० विश्वकप : टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल,सन्दीपको ‘कम ब्याक’

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौं ।अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी :२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्नेछन्। नेपाली समय अनुसार अहिले बिहानको ५ः१५देखि खेल शुरु भएको छ ।नेपाली टोलीमा सन्दीप लामीछाले ‘कम ब्याक’ गरेका छन् ।सन्दीप करिब ६ महिनापछी मैदानमा फर्किएका हुन् । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्दै छ । दक्षिण अफ्रिका समूह ‘डी’ बाट सुपर आठमा छ ।यो खेल जितेमा नेपाल सुपर ८ मा स्थान बनाउन सफल हुनेछ ।  ...
नेपालको नाट्टा र बंगलादेशको टी.ओ.ए.बि.बीच सम्झौता पत्रमा हस्ताक्षर

नेपालको नाट्टा र बंगलादेशको टी.ओ.ए.बि.बीच सम्झौता पत्रमा हस्ताक्षर

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौ ।नेपालको ‘नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) र बंगलादेशको ‘टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश’(टि.ओ.ए.बि.)बीच दुबै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । ‘शिखरदेखि समुन्द्रसम्म’ भन्ने उद्घोषका साथ गरिएको सम्झौतामा नेपाल र बंगलादेशको समृद्धि र विभिन्न किसिमका पर्यटन प्रस्तावलाई स्वीकार गर्न यी दुई संस्थाबीचको प्रतिवद्धतालाई उल्लेख गरिएको छ ।यसर्थ दुई देशबीचको समन्वय र सहकार्यबाट विश्वभरका पर्यटकलाई आकर्षित गर्न मद्धत पुग्ने आशा राखिएको छ। बिहिबार काठमाडौंको ठमेल स्थित होटल मनाङको एक सभाहलमा गरिएको सम्झौतामा नाट्टाका तर्फबाट अध्यक्ष कुमारमणी थपलिया,उपाध्यक्ष जिस्वाँ तुलाधर र महासचिव युविका भण्डारी तथा टी.ओ.ए.बिका तर्फबाट अध्यक्ष रफेउज्मान र एमडी एवं निर्देशक(व्यापार तथा मेला) डा. लस्लिम अमीनले संयुक्त रुपम...
एमाले संसदीय दलको बैठक शनिबार

एमाले संसदीय दलको बैठक शनिबार

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक असार १ गते शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ  । एमाले दलको नेता समेत रहेका ओलीले असार १ गते शनिवार बस्ने गरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।    
अब सिंहदरबार सबैका लागि खुला छ : गृहमन्त्री लामिछाने

अब सिंहदरबार सबैका लागि खुला छ : गृहमन्त्री लामिछाने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए ।...
सोमवार सार्वजनिक बिदा दिइने

सोमवार सार्वजनिक बिदा दिइने

ताजा अपडेट, ब्यानर-२, समाचार
मनिषा गुरुङ काठमाडौं । सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल –अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । हेर्नुहोस् सुचना   ...
कावासोती नगरपालिकामा तोडफोड

कावासोती नगरपालिकामा तोडफोड

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
पूर्वी नवलपरासी ।  नाला खन्ने क्रममा पुरिएर ३ जना महिलाको मृत्यु भएको विरोधमा स्थानीयले आज कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । स्थानीय र मृतकका आफन्त शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। जसका कारण कावासोतीमा तनाव उत्पन्न भएको छ ।बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नाला खन्ने क्रममा पुरिएर कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।...
राष्ट्रिय ललितकला प्रदर्शनीमा तीस हजार बढीले अवलोकन गरे

राष्ट्रिय ललितकला प्रदर्शनीमा तीस हजार बढीले अवलोकन गरे

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस  अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् । ‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।...
नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटन मन्त्री तामाङ

नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटन मन्त्री तामाङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनिहलमा  नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) शुरु भएको छ । भोली शनिबारसम्म सञ्चालन हुने एक्सपोको शुक्रबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले उदघाटन गरेका छन्। समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा सञ्चालन भइरहेको सो एक्सपोको उद्घाटन गर्दै मन्त्री तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको बताए । उनले भने, “ सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्।सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभाग...
काठमाडौंको गोकर्णेश्वरबाट जुवातास खेल्दै गरेका २२ जना समातिए, साढे ३ लाख बरामद

काठमाडौंको गोकर्णेश्वरबाट जुवातास खेल्दै गरेका २२ जना समातिए, साढे ३ लाख बरामद

ताजा अपडेट, बिशेष, समाचार
काठामडौं । जुवातास खेल्दै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहराबाट २२ जनालाई पक्राउ गरिएको हो । जुवा खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।...
राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्ने

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्ने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । नेपाल र जर्मनीबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबिचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।...