ताजा अपडेट

व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह

व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको उनले बताए ।...
पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराView Postल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् । उनीहरुलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको कर्णाली प्रदेशका डीआईजी रवीन्द्र केसीले बताए । त्यसैगरी उनीहरुलाई प्रहरी प्रधान कार्यालयले पनि पुरस्कृत गरेको छ । साहसिक कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
सडक बनेको १८ वर्षपछि स्तरोन्नति

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

ताजा अपडेट, समाचार
म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए ।  “ आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो”, उनले भने “आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ ।” ...
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिर अन्तिम साता

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिर अन्तिम साता

ताजा अपडेट, समाचार
काठमाडौ। नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आउँदो मङ्सिर अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । साथै आगामी भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।...

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा १२ जना घाइते

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।सो यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए । बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बस चालक कोहलपुर(१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी न...

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । हिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।...

व्यास क्षेत्र विश्वमा बैङ्कको सहयोगमा  सडक स्तरोन्नति हुँदै

ताजा अपडेट, समाचार
दमौली । विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती डक जोडिने उक्त खण्डमा १०।५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्तीलाई जोड्नेछ ।...
१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन निजी विद्यालयहरूलाई काठमाडौँ महानगरको निर्देशन

१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन निजी विद्यालयहरूलाई काठमाडौँ महानगरको निर्देशन

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । स्थानीय तहले सक्रिय हुँदा निजी स्कुलले दिने छात्रवृत्ति गरिब तथा जेहन्दार विद्यार्थीले पाउने काठमाडौं महानगरपालिकाको अभ्यास देखाएको छ । २०६७ मा भएको शिक्षा नियमावलीको आठौं संशोधनमा निजी स्कुलहरुले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको थियो । तर लक्षित वर्गले छात्रवृत्ति पाए नपाएको अनुगमन नहुँदा यो विद्यालयको तजबिजी जस्तो भएको थियो । २०७२ को नयाँ संविधानले आधारभूत तथा माध्यमिक तहको शिक्षा स्थानीय तहको एकल अधिकार सूचीमा राख्यो । पहिलो कार्यकालमा धेरै स्थानीय तहको प्राथमिकतामा यो मुद्दा परेन । विद्यालयहरुले छात्रवृत्ति पाउने विद्यार्थीहरुको विवरण पठाउँथे, पालिकाहरुले त्यसलाई स्वीकार गरेर राख्थे । तर अधिकांश नाम चलेका निजी स्कुलले निश्चित रकम लिएर छात्रवृत्ति कोटामा पहुँचवाला छोराछो...
पानी माग्दै डोको र गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेरे

पानी माग्दै डोको र गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेरे

ताजा अपडेट, समाचार
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित रेक्चा गाउँका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिकाको कार्यालय घेराउ गरेका हुन् । चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकाको कार्यालयमा पुगेर प्रदर्शन गरेका हुन् । एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार रु भन्दै स्थानीयले विरोध जनाएका हुन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका हुन् ।...
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कार्यसूचीसहित

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कार्यसूचीसहित

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।यसैगरि वन तथा वातावरण मन्त्रालय,खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाइएको छ। बैठकमा मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्ने र ती प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयद्धारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ। हेर्नुहोस् सम्भावित कार्यसूची...