ताजा अपडेट

मौसमा पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

मौसमा पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं ।कोशी,मधेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहानैदेखि आंशिकदेखि साधरणतया बदली भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।...
नाला खन्दा पुरिएर तीन मजदुरको मृत्युु,आक्रोशितले मेयरको घरमा गरे ढुंगामुढा

नाला खन्दा पुरिएर तीन मजदुरको मृत्युु,आक्रोशितले मेयरको घरमा गरे ढुंगामुढा

ताजा अपडेट, समाचार, स्थानीय
रूपन्देही । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ। घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा गरि तोडफोड गरेका छन्।पर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल नजिक ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो। ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएको बताइएको छ।पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ...
नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट)–२०२४’ को सम्पूर्ण तयारी पुरा भएको छ । हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो नाइटको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था समिट इभेन्ट्सका प्रबन्ध निर्देशक तथा नाइटका संस्थापक÷संयोजक विष्णु पाण्डेले जानकारी दिए।उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको दुई दिने (जेष्ठ ३२ र असार १ गते (१४–१५ जुन २०२४) सो नाइटको आज शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा उद्घाटन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने उक्त नाइटलाई काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ।भने,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र विभिन्न संघसंस्थाहरुले सहकार्य गरेका छन्। नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी...
महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
देवकी घर्ती मगर काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन,क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ । मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया(अफ्रिका ९वेड्स०का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण,महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गरेकी थिइन् ।  त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गरेकी थिइन...
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन् । मन्त्री तामाङ हालै नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर थातथलोको अवलोकन गरेका हुन् ।मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोषगरेका छन् । मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलयबनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिमसंरक्षण तथा प्रवर्द्वन केन्द्र’शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिएका छन् ।यसैबीच थातथलो अवलोकनको क्रममा बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसकोठाउँको संस्कृति जोगाउनुपर्ने बताएका छन् । उनले भने,‘ग्लानहरुले खोज्दैआउँदा ग्लानको थ...

बालेन र प्रदीप पौडेलबीच भेटवार्ता, अलपत्र चक्रपथदेखि टुकुचा व्यवस्थापनबारे छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं ।नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)बीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटवार्तामा कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय,महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति,कार्यक्रम तथा बजेटबारे छलफल भएको बताए। साथै चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा उनीहरुबीच छलफल भएको उनले जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको जनाइएको थियो ।  ...
सामाजिक सञ्जालबाट अपराध बढ्दो छ,जनचेतना फैलाउन बजेट छैन : जनप्रतिनिधि

सामाजिक सञ्जालबाट अपराध बढ्दो छ,जनचेतना फैलाउन बजेट छैन : जनप्रतिनिधि

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले सामाजिक सञ्जालबाट बढ्दो अपराधलाई औंल्याएका छन् ।सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न,जनचेतना फैलाउन आवश्यक भएको उनिहरुको तर्क छ । बिहीबार राजधानीमा भएको ‘मानव बेचबिखन तथा ओसारप्रसार विरुद्ध स्थानीय तथा प्रदेश सरकारले गरेका पहलहरू’ विषयक कार्यक्रममा उनिहरुलेले स्रोत अभावमा भएका कानुनको कार्यान्वयनमा समेत समस्या भएको गुनासो  गरेका छन् । उनिहरुले मानव बेचबिखनको घटना प्रविधिको प्रयोग र सामाजिक सञ्जालबाट पनि हुन थालेको कार्यक्रममा औंल्याए ।भने,केन्द्रले समानीकरण अन्तर्गत बजेट उपलब्ध गराए कोष निर्माण,त्यसको प्रभावकारी प्रयोग र परिचालनमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । कार्यक्रममा सुदूरका सरकारलाई केन्द्रले नदेख्ने ‘विडम्बना रहेको भन्दै उनिहरुले भने, ‘लक्ष्य राखेर काम गर्न खोजे पनि स्रोतको अभाव छ ।यसकारण सामाजिक सञ्जालबाट बढ्दो अपरा...
बन्दीपुर केबलकार सञ्चालनमा

बन्दीपुर केबलकार सञ्चालनमा

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । उक्त केबलकार आज बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिएका छन् । अधिकृत पोख्रेलका अनुसार पर्यटकीय आकर्षण बन्दीपुरमा १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको भएता पनि बिहीबारदेखि व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ।कम्पनीका अनुसार बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्...
पहिरोले तीन घर बगायो

पहिरोले तीन घर बगायो

ताजा अपडेट, समाचार
खुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको उनले बताए ।...
स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने

स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने

ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा शिक्षकहरुको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ । शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ । सूचनामा भनिएको छ,‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति दिइने छैन्।’  ...