ताजा अपडेट

टिकटक लगायतका सामाजिक सञ्जाल कानुन अनुसार सञ्चालन गर्दा आपत्ति छैन : सञ्चारमन्त्री शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा नेपाली कानुन अनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जाल चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्री उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन्। बैठकमा मन्त्री शर्माले सरकारले नेपालमा टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले टिकटक चलाउन नदिइएको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जाल समाज अनुकुल हुनेगरी प्रयोग गर्नु आवश्यक रहेको बताइन्। सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा व्यापक छलफल हुने उनको भनाई छ ।...

स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट न्यून भयो : सांसद केसी

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट न्यून भएको बताए । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद केसीले विनियोजित बजेटमाथिको छलफलमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको धारण राख्नु भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेको बताउनुभयो । उहाँले नेपालमा जनसङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिनुभयो ।...
बाढीले पुल बगाएपछि सडक अवरुद्ध

बाढीले पुल बगाएपछि सडक अवरुद्ध

ताजा अपडेट, समाचार
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो । बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको...
अज्ञात रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग

अज्ञात रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमा गाउँपालिका लगायतका स्थानमा अज्ञात रोगबाट सयौँ भेडाबाख्रा मरेको भन्दै रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले किसानले पालेका भेडाबाख्रा मरेपछि हजारौँ किसानहरू मारमा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘यो रोग यदि अझै फैलियो भने जुम्ला आसपासका हजारौँ किसान घरबारविहीन हुनेछन् । रोग छिटो पत्ता लगाउन र निराकरण गर्न पहल गरियोस्’, शाहीको माग छ ।...
जोखिम न्यूनीकरण ऐन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण

जोखिम न्यूनीकरण ऐन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन् । वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उनले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरूको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।...
किसानलाई चैतेधान भित्र्याउने चटारो

किसानलाई चैतेधान भित्र्याउने चटारो

ताजा अपडेट, समाचार
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ भएको छ । जिल्लामा यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए । ‘चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्’, उनले भने, ‘यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान गरिएको छ ।’ दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानह...
नारायणगढ–मुग्लिन सडक :पच्चीस ठाउँमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडक :पच्चीस ठाउँमा पहिरोको जोखिम

ताजा अपडेट, ब्यानर-२, समाचार
चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ । यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो । कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण...
चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

ताजा अपडेट, समाचार
बुटवल । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा मङ्गलवार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । प्रहरीका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलवार राती युवाहरूको समूहले खड्कामाथि चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज हुँदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो ।...
आज तीनवटा संसदीय समितिको बैठक ,विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे

आज तीनवटा संसदीय समितिको बैठक ,विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। आज एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुनेछ ।  त्यस्तै आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।...
“डिजिटल रुपान्तरणलाई अँगाल्दै” आइएमई :  २४ औँ वसन्तमा प्रवेश

“डिजिटल रुपान्तरणलाई अँगाल्दै” आइएमई : २४ औँ वसन्तमा प्रवेश

अर्थतन्त्र, ताजा अपडेट, समाचार
मनिषा गुरुङ काठमाडौं।नेपाली रेमिटेन्सको क्षेत्रमा अब्बल बन्न पुगेको आइएमईले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । स्थापना कालदेखि २४ औं वार्षिक उत्सव मनाइरहँदा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित भएको छ। “डिजिटल रुपान्तरणलाई अँगाल्दै” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको सो कम्पनीले बुधबार स्थापनाको २४ औँ वार्षिकोत्सव अवसरमा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हो। कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्रा बारे स्पष्ट पारेका थिए।उनले आइएमईले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने र यसको व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान पुर्‍याउने कम्पनीको रूपमा योगदान पु¥याउँदै आएको जिकिर गरे। साथ...