ताजा अपडेट

बालश्रमिक राखेकोमा प्रदेश सांसदविरुद्ध प्रहरीमा जाहेरी

बालश्रमिक राखेकोमा प्रदेश सांसदविरुद्ध प्रहरीमा जाहेरी

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
काठमाडौं ।घरमा बालश्रमिक राखेकोमा एक जना प्रदेश सांसदविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा जाहेरी दर्ता भएको छ। लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्माले पीडित ८ वर्ष हुँदादेखि घरेलु श्रमिकका रुपमा राखेर बालबालिका ऐनविरुद्धको कसुर गरेको विषय जाहेरीमा उल्लेख छ। काठमाडौं प्रहरीका अनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा पीडितको उद्दार गरिएको थियो ।पछिल्लो समय प्रहरीमा यस विषयमा जाहेरी दिनेको संख्या बढेको र जाहेरी दर्ता गरेर विस्तृत अनुसन्धान थालेको जनाएको छ । काठमाडौंबाट ३० जना बालश्रमिकको उद्दार गरिएको बताइएको छ।श्रमिकका रुपमा राखिएकी एक किशोरीमाथि बलात्कार समेत भएको पत्ता लागेको प्रहरीको भनई छ ।         ...
स्थिर सरकार नभएर नै मुलुकमा विकासले गतिलिन नसकेको हो : महासचिव पोखरेल

स्थिर सरकार नभएर नै मुलुकमा विकासले गतिलिन नसकेको हो : महासचिव पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन नसकेको बताएका छन् । बुधवार ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले ६ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना भएको बताए। छिमेकी राष्ट्र चिन र भारतको स्थीर सरकारको उदाहरण दिंदै उनले भने, “छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन।” महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको बताएका छन् । विचार र सिद्धान्त भएका पार्टीमा ...
बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

ताजा अपडेट, समाचार
रुपन्देही ।पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राती ८ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् । घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली भएको छ।भने,बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।भने, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।तर,कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति भने,कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेक...
विद्यालयका सटर नहटाउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

विद्यालयका सटर नहटाउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं ।उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने कार्य नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ। उच्चले न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासमा तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ । काठमाडौं महानगरले पटक–पटक निर्देशन गर्दा पनि अटेरी गरेको भन्दै ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)सहित सात विद्यालयको सटरमा ताला लगाएको थियो  ।शिक्षा विभागका अधिकारीहरूको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति भाडामा लगाएर व्यापार गर्दै आएका ती विद्यालय मातहतमा रहेका सटरमा ताला लगाएको हो । महानगरले सामुदायिक विद्यालयको स्वामित्वमा रहेको भवनलाई व्यापारिक प्रयोजनमा नलगाउन पटक–पटक पत्र लेख्दै आएको थियो ।शिक्षा अधि...
एमाले काठमाडौंको उपाध्यक्षमा क्षेत्र नं ७ का विश्वराम साप्कोटा निर्वाचित,धेरै सदस्य निर्वाचित हुने क्षेत्र पनि ७ नै ,को को छन त?

एमाले काठमाडौंको उपाध्यक्षमा क्षेत्र नं ७ का विश्वराम साप्कोटा निर्वाचित,धेरै सदस्य निर्वाचित हुने क्षेत्र पनि ७ नै ,को को छन त?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले काठमाडौं लिल्ला कमिटिको सातौं आधिवेशनबाट उपाध्यक्षमा काठमाडौं क्षेत्र नं ७ का विश्वराम साप्कोटा निर्वाचित भएका छन्। उनि लगायत क्षेत्र नं ७ बाट अन्य २३ जना सदस्य निर्वाचित भएका छन्।एमाले काठमाडौंको हिजो मंगलबार राती सम्पन्न भएको सातौं आधिवेशनबाट उनिहहरु निर्वाचित भएका हुन् ।यद्यपी अधिवेशबाट केही सदस्यहरु सर्वमम्मतीमा निर्वाचित भएका थिए ।यसबाट क्षेत्र नं ७ ले एमाले काठमाडौंमा बलियो,दरिलो र गर्भिलो उपस्थिति रहेको एमाले क्षेत्र नं ७ ले जनाएको छ । उपाध्यक्षमा विजयी साप्कोटासँग पहिलेकै उपाध्यक्ष नवराज पराजुली लगायत अन्य थप २ उम्मेदवार प्रतिष्पर्धी थिए ।तर साप्कोटाले २ सय ६४ मत लल्याएर आफ्ना प्रतिस्पर्धी पराजुलीसहित ३ प्रतिस्पर्धीहरुलाई पराजित गरेको नवनिर्वाचत साप्कोटाले जानकारी दिएका छन् । उनले यो जितसँगै काठमाडौं ...
प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ मात्रै बन्यो : गृहमन्त्री

प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ मात्रै बन्यो : गृहमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए । उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए। उनले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए। अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए।...
  ७८ प्रतिशत वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर

  ७८ प्रतिशत वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ । देशभर कूल ६ हजार सात सय ४३ वडा रहेकामा पाँच हजार दुई सय ९४ वडा अर्थात् ७८ दशमलव पाँच प्रतिशतको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । प्रमुख राजस्व स्रोतका रुपमा सेवा दस्तुर चार हजार छ सय ५८ वडा अर्थात् ६९ दशमलव एक प्रतिशत बराबर रहेको छ । सम्पत्ति कर तीन हजार छ सय आठ अर्थात् ५३ दशमलव पाँच, व्यवसाय कर तीन हजार पाँच सय ५६० वडा अर्थात् ५२ दशमलव आठ प्रतिशत रहेको देखिएको छ । घरबहाल कर दुई हजार दुई सय १५ वडा अर्थात् ३२ दशमलव आठ र घरजग्गा रजिस्ट्रेसन कर दुई हजार एक सय ६९ अर्थात् ३२ दशमलव दुई प्रतिशत रहेका छन् । दण्ड जरिवाना, सवारीसाधन, मनोरञ्जन र अन्य करसमेत रहेका छन् ।...
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।...
पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु

ताजा अपडेट, समाचार, स्थानीय
खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।  बर्दिया घोराभिट्टाका गंगाराम थारुको पहिरोमा परी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।