ताजा अपडेट

बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं। भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...

राष्ट्रपति पौडेल जेनेभामा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...

नेतृत्व चयनका लागि जसपा नेपालको निर्वाचन प्रक्रिया सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि निर्वाचन प्रक्रियाको सुरु भएको हो । पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ । मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका मंगलबार राती नै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपराह्नदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ । त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ ।...
राष्ट्रपति पौडेल कतारमा

राष्ट्रपति पौडेल कतारमा

ताजा अपडेट, समाचार
दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । राष्ट्रपति पौडेललाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका छन् ।  भोलि उनको जेनेभा प्रस्थान गर्ने तालिका रहेको  प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।  त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्ध (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन समारोहमा भाग लिनेछन् । राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन्।सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्धघाटन मञ्चलाई सम्बोधन जेठ ३१ ग्ते नै राष्ट...
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि शिविर सञ्चालन

राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि शिविर सञ्चालन

ताजा अपडेट, ब्यानर-२, समाचार
मकवानपुर । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन गर्न परेको हो । आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुने जनाएको छ ।...
पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

ताजा अपडेट, समाचार
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ . भने दुई जना घाइते भएका छन्। मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ। उनीहरू निदाएका बेला पहिरो खसेको हो।...
संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमा छलफल रहने

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमा छलफल रहने

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल रहने छ। संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।...
रुपन्देहीमा बस दुर्घटना, ४३ जना घाइते

रुपन्देहीमा बस दुर्घटना, ४३ जना घाइते

ताजा अपडेट, समाचार
बुटवल । रुपन्देहीको सैनामैनमा बस दुर्घटना भएको छ । दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त दुर्घटना परी ४३ जाम घाइते भएका छन् ।  दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए । बुटवलका विभिन्न अस्पतालमा सामान्य उपचारपछि १९ जना डिस्चार्ज भइसकेको र अन्य २४ जनाको उपचार जारी रहेको उनले बताए ।...
काठमाडौँ उपत्यकामा मनसुन भित्रिन्अझै केही दिन लाग्ने

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन्अझै केही दिन लाग्ने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। काठमाडौँ उपत्यकामा मनसुन भित्रिन्अझै केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा...
एमाले काठमाडौं अधिवेशन :अध्यक्षमा दीपक निरौला निर्वाचित

एमाले काठमाडौं अधिवेशन :अध्यक्षमा दीपक निरौला निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
जमुना धमला काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्। उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेका छन् । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा निर्वाचित भएका छन् ।साप्कोटाले २ सय ६४ मत ल्याएर आफ्ना प्रतिस्पर्धी नवराज पराजुलीलाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा राजेश शाक्य पनि पुनः निर्वाचित भएका हुन् । विजयी शाक्यले पनि ३ सय ७० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी सत्यमान डंगोलले १ सय ९१ मत मात्रै ल्याएका थिए । उपसचिव खुलामा उद्धव भण्डारी निर्वाचित भएका छन् ।महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन् । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध भएको थियो । आज मंगलबार ९५ पदका ...