ताजा अपडेट

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।  राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

नेपालबाट विद्यार्थी पलायन रोक्नु पर्छ : तेजुलाल चौधरी

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए । उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’ धेरै कलेजहरूमा अहिले विद्यार्थी कम छन् । कक्षा १२ को जाँच दिने बित्तिकै हाम्रा विद्यार्थीहरू विदेश पलायन हुन थालेका छन् । अमेरिका भेट्यो भने, त्यसपछि क्यानडा, नभए अस्ट्रेलिया, अन्तिममा जापान छँदै छ, दक्षिण कोरिया छँदै छ । यसरी हाम्रा विद्यार्थीहरू पलायन भइरहेका छन् । विद्यार्थीहरूका लागि स्वदेशमै हामीले केह...
घरमा चोरी गरेको आरोपमा ५ जना पक्राउ

घरमा चोरी गरेको आरोपमा ५ जना पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । चोरीको आरोपमा ललितपुरबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ छन् । उनीहरुले ललितपुर महानगरपालिका–१८ ढुंगेधारास्थित सिर्जना वैद्यको घरमा २ जेठमा चोरी गरेको आरोप छ , उक्त घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको बताइएको थियो । प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन बरामद गरेको छ । ...

एमाले काठमाडौँ नेतृत्वका लागि मतदान जारी 

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
जमुना धमला काठमाडौं। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । काठमाडौँको कार्की ब्याङ्केटमा केही समयअघिदेखि मतदान सुरु भएको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा मंगलबार साँझसम्म आउने बताइएको छ ।  एमाले काठमाडौँको अध्यक्ष पदमा दीपक निरौला र निर्मल देउवाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत तथा तारा भण्डारीको उम्मेदवारी परेको छ ।    ...
 शिक्षा मन्त्रीलाई काम गर्न दिउँ :अमरेशकुमार

 शिक्षा मन्त्रीलाई काम गर्न दिउँ :अमरेशकुमार

ताजा अपडेट, समाचार
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । आफूहरू साथमा रहेको भन्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे ।  ‘म कताकता सुन्छु, शिक्षा मन्त्रीलाई काम गर्न दिइएको छैन । शिक्षा मन्त्रीजीलाई सार्वजनिक रूपमा भन्न चाहन्छु– हामी तपाईंको साथमा छौं,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।  आफूले कुनै दल र नेता नचिन्ने पनि सिंहले बताए ।  ...
     ७१ जिल्लामा फैलियो डेंगु

     ७१ जिल्लामा फैलियो डेंगु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । पछिल्लो समय गर्मी बढे सँगै देशभर धेरै स्थानमा सङ्क्रमण फैलिएको छ । डेंगुदेशका ७७ मध्ये ७१ जिल्लामा फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।  ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ । ...

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी तयारी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । आजदेखि आगामी असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ ।...

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ । अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल ...
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् ३१ ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् । असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।...
सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

ताजा अपडेट, समाचार
चितवन । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि हुन् थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए । जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् । उनले भने, “अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा एक सय ७० जनाको मात्र हो ।” सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उनले भने, “भीड कम ...