ताजा अपडेट

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभाव सँगै स्थानीय वायुको प्रभावले आज देशको केही स्थानमा हल्का देखि मध्म वर्षा हुने भएको छ । हाल देशमा कायम रहेको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाकी भूभागमा स्थानीय वायु पश्चिमी वायु तथा बहिार आसपास बनेको न्युन चापीय क्षेत्रको आांशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ । राति देशको कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रद...

मधेश सरकारको नीति तथा कार्यक्रम आज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा गर्ने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक बोलाएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।...
आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार नक्सालको भाटभटेनी नजिकको आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्टमा सो साधारण सभा सम्पन्न भएको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १. ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेर प्रस्तावित लाभांश सभाले पारित गरेको छ। सभाले अध्यक्षको प्रतिवेदन,आर्थिक वर्ष(आव) २०७९÷०८० को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन आव २०७९र८० वासलात,नाफा नोक्सान हिसाब,इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वितीय विवरण पनि पारित गरेको हो। कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आव २०८०र०८१ को लागि लेखापरिक्षण समिति...

नार्क बुलेटिन : मनसुनमा बढी वर्षा हुने हुँदा पानी निकासको उचित व्यवस्था समयमै गर्नु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।सोमबारदेखि नेपालको कोशी प्रदेशको पूर्वी भू–भागबाट मनसुन भित्रिएको छ।मनसुनमा बढी वर्षा हुने हुँदा सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सुझाव दिएको छ। नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन मार्फत आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यसले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाएको छ।मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहन सक्ने धानका जातहरू रोपाइँ गर्न पनि नार्कले सुझाएको छ। नार्कले खासगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन स...
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।  नवीकरणका लागि आ(आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।...
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं। राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।  पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन् । राष्ट्रियसभाको सोमबारको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण...

त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा संकटकालीन योजना अभ्यास गरिएको छ ।    नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।   आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिएको थियो ।...
एमाले काठमाडौं सातौं अधिवेशन :अध्यक्षका आकांक्षी दुइ जना,अन्य पदाधिकारीमा को को ?

एमाले काठमाडौं सातौं अधिवेशन :अध्यक्षका आकांक्षी दुइ जना,अन्य पदाधिकारीमा को को ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
 सीता पौडेल (अर्चना) काठमाडौं।नेकपा (एमाले) काठमाडौंको बबरमहल स्थित कार्की बैंकक्वेटमा दुई दिनदेखि जारी बन्दसत्रमा नेतृत्व चयनका लागि भएको चुनावी प्रकृया अन्तर्गत अध्यक्ष पदका लागि दुई जना उम्मेदवार आकांक्षी देखिएका छन्। अधिवेशनमा सहभागि एक प्रतिनिधिका अनुसार अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष दिपक निरौला र काठमाडौं महानगर कमिटिका निवर्तमान अध्यक्ष निर्मल देउला दुबै जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन मण्डलले प्रकाशन गरेको निर्वाचन कार्यक्रमको तालिकानुसार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म पदाधिकारीहरु सहित विभिन्न क्लस्टरबाट सदस्यहरुको उम्मेदवारी दर्ता गरेर दुई घण्टा पश्चात अहिले दिउँसो २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।  यसबाहेक उपाध्यक्षमा जिल्ला कमिटि सचिवालय सदस्य विश्वराम सापकोटा,निवर्तमान उपाध्यक्ष नमराज पराजुली,नवराज भट्ट र बिदुर बिक्रम खड्का गरि ४...
नेपाल भित्रियो मनसुन

नेपाल भित्रियो मनसुन

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भत्रिएिको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भत्रिने सरदर मति जुन १३ हो । यो वर्षको मनसुन सरदर मतिभिन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ । नेपालको अन्य भू( भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने  देखिएको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने बाँकी खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।...