ताजा अपडेट

  पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

  पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

ताजा अपडेट, समाचार
काठमाडौं। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु भएको छ । राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय हुन् । उनी ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।...

एमाले काठमाडौ जिल्ला कमिटिको नेतृत्व चयन निर्वाचनबाटै हुने निश्चित : तोकिएको क्लस्टर ढाँचानुसार उम्मेदवारी दर्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौ।नेकपा (एमाले)काठमाडौ जिल्ला कमिटीको बबरमहल स्थित कार्की बैंकक्वेटमा जारी सातौं अधिवेशनमा आगामी नेतृत्व चयन निर्वाचनबाटै हुने भएको छ। यसका लागि बन्द सत्रको दोस्रो दिन साँझ विभिन्न क्लस्टर तालिका सार्वजनिक गरेर उम्मेदवारी दरखास्त फारम वितरण गरेको एमाले काठमाडौंले निर्वाचन प्रकृया शुरु भएकोमा आज अधिवेशनको तेस्रो दिन सोमबार बिहान १० बजेबाट मध्यान्ह १२ बजेसम्मका लागि तोकिएको क्लस्टर अनुसार उम्मेदवारी दर्ता गरिएको जनाएको छ । निर्वाचन मण्डलका अनुसार दिउँसो २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र २ देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय भएको छ ।त्यस्तै ३ बजेदेखि ४ः३० बजेसम्म उजुरी उपर छानवीन गरि अपरान्ह ५ बजे उम्मेदवारीको नामावली पुन : प्रकाशन गर्ने निर्वांचन कार्यतालिका रहेको एमाले जिल्ला कमिटि सदस्य एवं प्रचार विभाग प्रमुख सर...
रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ । ७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राराजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए । ...

आमाको हत्या आरोपमा छोरा पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । भोजपुरमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफनो ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका(४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबिच नेपाल–भारतबिच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसै गरी उनीहरूबिच दुई देशबिचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।  प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए । उनी आज साँझ स्वदेश फर्किँदैछन् ।...
  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

ताजा अपडेट, समाचार
हेटौँडा । सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिई मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि अहिले सम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका हुन । प्रहरीलाई पटक–पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।...
नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतवार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषय एवं विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि यहि आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका थिए ।आइतबार साँझ शपथ ग्रहण समारोह भएको थियो । प्रधानमन्त्री प्रचण्ड आर्ज साँझ स्वदेश फर्कने कार्यक्रम छ।  ...
त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये ‘विमानस्थलमा विमान दुर्घटना’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिने भएका कारण सो समयमा विमानस्थल बन्द गर्न लागिएको सुचनामा उल्लेख छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा हुन लागेको सो अभ्यास सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका र जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराई दुर्घटना न्यूनिकरणका गराउने मुख्य उद्देश्य रहेको जनाइएको छ ...
४.५९ अंकले घट्यो सेयर बजार

४.५९ अंकले घट्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं। आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो । ०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ । आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।...
राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।  बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् । लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उनले बताए । सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने उनको भनाइ थियो । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।...