ताजा अपडेट

हराएका किशोरको शव फेला

हराएका किशोरको शव फेला

ताजा अपडेट, समाचार
काठमाडैं। धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव फेला पारेको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात छ ।...
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जनाएको छ । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्...
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।...
तराईमा तातो हावाको लहर बढ्नसक्ने

तराईमा तातो हावाको लहर बढ्नसक्ने

ताजा अपडेट, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् । विभागले भनेको छ, “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४।२ डिग्री र धनगढीमा ४४।१ डिग्री तापक्रम मापन भएको थियो ।...
कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ खच्चड अड्किए

कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ खच्चड अड्किए

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ समेत बन्द भएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ । जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।...
घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्न प्रभु साहको माग

घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्न प्रभु साहको माग

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरू असुरक्षित एवं शोषित भइरहेको बताएका छन् । असुरक्षित एवं शोषित भइरहेका घरेलु कामदारहरूका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानुन निर्माण गर्नुपर्ने उनले बताए । आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरूको हकहित एवं अधिकार सहितको कानुन निर्माण हुनुपर्ने बताए । नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानुन नभएकाले यहाँ घरेलु कामदारहरू मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए ।...

कालीगण्डकी कोरिडोरको फलेवास(अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

ताजा अपडेट, समाचार
पर्वत । निर्माणाधीन उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको फलेवास-अर्मादी सडक ६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले विभि...

प्रधानमन्त्री दाहाल मोदीको शपथ ग्रहणमा भाग लिन आज भारत जाँदै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज दिउँसो नयाँदिल्ली जान लागेका हुन् ।प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । – फाइल तस्बिर  ...
आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको हो । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीका अनुसार उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले बन्द गर्नु परेको हो । विसं २०७९ जेठ २७ गते वर्षाका कारण भासिएको सडकमा मर्मत सम्हारको काम भइरहेको छ ।  ...

नेपाल,खनाल र भुसालले ‘नेपाली समाजवादी क्रान्ति’बारे धारणा राख्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।नेकपा एसका अध्यक्ष माधव नेपाल,सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले समाजवादी क्रान्तिका विषयमा एकै मञ्चमा बोल्ने भएका छन्। उनिहरुले आइतबार बिहान ११ बजे थापा गाउँको काठमाडौं बैंक्वेटमा हुने कार्यक्रममा बोल्ने भएका हुन् । समाजवादी अध्ययन केन्द्रले आयोजना गरेको सो कार्यक्रममा राजनीतिक प्रतिवेदन,सांगठनिक प्रतिवेदन र समाजवादी क्रान्तिको कार्यक्रमबारेमा समष्टिमा छलफल हुने केन्द्रले जनाएको छ ।...