ताजा अपडेट

अदालतलाई प्रभावित पार्ने र कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च रचिएको छ : गगन थापा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्ता माथि घेराबन्दी गर्ने कोशिस भइरहेको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने,फकाउने र लोभ्याउने परिपाटी हाबी हुँदै गइएको बताए ।उनले भने,‘अदालतलाई प्रभावित गर्ने,अड्डालाई प्रभावित गर्ने,संवैधानिक निकायलाई प्रभावित गर्ने,ती सबैलाई तर्साउने,फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं । कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’। ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं ।’ उनले भने । ‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय...

जसपा नेपालको महाधिवेशनको तयारी पूरा

ताजा अपडेट, राजनीति, समाचार
धनुषा ।जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको  छ। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले यही जेठ २८ गतेदेखि जनकपुरमा हुने सो महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।उनले महाधिवेशनमा देशभरबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने बताए। महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक,वैचारिक,नीतिगत दस्तावेज तयार भएको र तीन दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने उनको भनाई छ।साथै नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु गर्ने जसपाले जनाएको छ।जसपा नेपालले यस महाधिवेशनबाट पार्टी थप सशक्त भएर जनतामाझ जाने विश्वास लिएको छ । “सत्ता, शक्तिको प्रलोभनमा परेर केही साथीहरू पार्टीबाट चोइटिएर जानुभयो, निर्वाचन आयोगले समेत दबाबमा परेर उहाँहरूलाई सहज हुनेगरी पार्टी दर्ता गर्यो।यो अत्यन्त निन्दनीय र ...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राती पनि कोशी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। भने,कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि म...

पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा विकसित गर्न आग्रह गरेका छन् । एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने बताए । अध्यक्ष ओलीले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रूपमा राखेको स्मरण समेत गरे । “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको प...
एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।...

एमालेको सातौँ जिल्ला अधिवेशन काठमाडौंमा शुरु

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नेकपा (एमाले) को सातौँ जिल्ल अधिवेशन काठमाडौंमा शुरु भएको छ । काठमाडौंको प्रदर्शनी मार्ग स्थिति भृकुटीमण्डपको चौरमा शुरु भएको अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अधिवेशाबाट २२५ जना सदस्य जिल्ला कमिटि चयन हुने एमालेले जनाएको छ । जसको लागि १० वटै निर्वाचन क्षेत्रबाट खुल्ला तथा कलस्टर बाट गरेर छ सय ८५ जना प्रतिनिधि छनोट गरिएको छ ।   सकेसम्म सहमति प्रकृयाबाटै चयन गर्ने प्रयास गरिएको एमाले काठमाडौँ जिल्ला कमिटिका पोलिटवुरो सदस्य एवं जिल्ला इन्चार्ज  आनन्द पोखरेलले बताए । सहमति प्रकृया बाट नभए लोकतान्त्रिक पक्षबाट निवार्चन प्रक्रियाबाट )नतेृत्व चयन गर्ने उनको भनाइ रहेको छ । भेलीको बन्द सत्र बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ  ...
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखीआएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१(८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई रु ६१ करोड र प्रदेशलाई रु ५० करोड बजेट माग गर्ने निर्णय गरेको थियो । प्रवक्ता रेग्मीले भने, “प्रदेशगतरु...
सुरु भयो गोसाइँकुण्ड मेला

सुरु भयो गोसाइँकुण्ड मेला

ताजा अपडेट, ब्यानर-२, समाचार
रसुवा । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला सुरु भएको । स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए । तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरेका छन् । तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ । काठमाडौंबाट धुञ्चे ह...
बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरु

बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरु

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१(८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ । संसदीय शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणको कामको व्यवस्थापन संसद्कै कार्यविधिबाट हुन्छ । नीति निर्धारण तथा कानुन निर्माणमा दलहरु त्था सांसदहरुबीचको सघन संवाद र लोकतान्त्रिक विधिको उच्चतम प्रयोगले यी कार्यहरुमा उत्प्रेरणा पैदा गर्ने गर्दछ । जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेकाले पनि संसदीय गतिविधि, निर्णय र निर्देशनको अनिवार्यताको कल्पना संविधानले गरेको छ । यस सन्दर्भमा संसदीय गतिविधि निर्वाध सञ्चालन हुनु र जनसवालका विषयका साथै सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम, बज...
शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।  शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।