ललितपुर महानगरपालिकामा २५ दिने योग शिविर सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १४ का सहयात्राको आयोजनामा २५ दिने योग शिविर सञ्चालन भएको छ ।
उक्त वडाको आर्थिक सहयोगमा गत जेठ ५ गतेदेखि सो वडाका सामुदायिक तथा संस्थागत १३ विद्यालयमा योग कार्यक्रम भएको हो ।सोका वडाध्यक्ष अमृतजंग महतले सानैदेखि बालबालिकामा योगको संस्कारलाई विकास गर्नु आफूहरुको चाहाना रहेको बताएका छन् ।
उनले भने, “योगलाई कसरी संस्कारमा रुपान्तरण गर्ने भन्ने सोचमा हामी लागेका छौँ । हालको आधुनिक समयसँगै मानिसका हात हातमा भएको स्मार्ट फोन र वरिपरि भरिभराउ घरैघरका कारण आज मानिसले आफ्ना स्वास्थ्यमा खासै ध्यान दिएको देखिदैन ।
यी कुराबाट केही समय पर रहेर मानिसले स्वास्थ्य सुधारका काममा पनि लाग्नुपर्ने देखिएको छ ।” योगलाई हरेक उमेरका मानिसले दैनिक संस्कारमा ल्याए निरोगीका साथै तन्दुरुस्त बन्न सफल हुने महतको भनाइ छ ।
हरेक मानिसको जीवनमा योग तथा ध्यान र प्रणायामको उति...




