ताजा अपडेट

पहिरोले पुरिँदा चालकको मृत्यु

पहिरोले पुरिँदा चालकको मृत्यु

ताजा अपडेट, समाचार
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए । गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।...
पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरुद्ध

पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरुद्ध

ताजा अपडेट, समाचार
काठमाडौं । सुख्खा पहिरो खस्दा निर्माणाधिन अरनिको राजमार्गमा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा( पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले सो कुरा बताएका हुन् । लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए । उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे ।...

बागमती सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाठौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष(आव)का लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको बागमती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ ।प्रदेशको स्रोतलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए । आर्थिक तरलता,न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले जानकारी दिए ।  बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए ।  साथै बजेटले कृषि,पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्...
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा रु ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो । प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब...
खुकुरी प्रहार गरी पत्नीको हत्या

खुकुरी प्रहार गरी पत्नीको हत्या

ताजा अपडेट, समाचार
  दाङ । दाङको तुलसीपुरमा सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि फरार रहेका आरोपित व्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। पत्नीले विवाहेत्तर सम्बन्ध राखेका कारण आवेगमा आई हत्या गरेको शालिकरामले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।...
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
वीरगन्ज ।मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा उनलाई नियुक्त गरेकी हुन् । सिंहले प्रदेश प्रमुखको कार्यालयमा ६ दलका ५५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको छ ।  अब केहीबेरमा उनको शपथग्रहण गर्ने कार्यक्रम छ ।...
सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ :सार्क सचिवालय

सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ :सार्क सचिवालय

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन  (सार्क)  सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो । सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो । हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराएका थिए । पाकिस्तानका प्रधानमन्त्रीले १९औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।...
सुनको भाउ फेरी नयाँ उचाइमा

सुनको भाउ फेरी नयाँ उचाइमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो । शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो ।  चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।...

मूल जोगाउन सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

ताजा अपडेट, समाचार
खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका २–२, जन्तेढुङ्गा गाउँपालिकाका ३ तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका ३ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए । मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो’, उनले भने, ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थ...