ताजा अपडेट

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षा अनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्रीले भने, “अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ।आवधिक रूपमा यस्ता छलफल जरूरी छन्।सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ ।अधिकतम सम्बोधनको प्रयास गर्नेछ।” छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो ‘डेलिभरी’ दिनुपर्ने बताए।उनले भने, “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ...

जानी राखौं : ‘ग्रीन टी’ सेवन गर्ने सही समय र फाइदा

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।कतिपय मानिसहरु स्वस्थ रहन र तौल घटाउन ‘ग्रीन टी’ सेवन गर्छन्।यसले शरीरलाई स्वस्थ राख्न र तौल घटाउन मद्दत गर्छ।तर कहिले र कसरी सेवन गर्ने भन्ने कुरा भने जान्नु जरुरी छ।किन भने‘ग्रीन टी’ सहि र उपयुक्त तरिकाले सेवन गर्न सके मात्रै यसबाट हामीले भरपुर लाभ लिन सक्छौं। तर यसलाई सेवन गर्ने समय र तरिका नजान्दा यो कतिपय अवस्थामा हाम्रो स्वस्थ्यको लागि हानीकारक पनि बन्न जान्छ।कतिपय मानिसले दिनको सुरुवात नै ग्रीन टीबाट गर्ने गर्छन् ।यसले तौलदेखि रगतमा चिनीको मात्रा घटाउन समेत मद्धत गर्ने हुनाले मोटो शरीर भएका मानिसहरुको त झन ग्रीन टीप्रति आकर्षण बढेको देखिन्छ । शारीरिक र मानसिक रुपमा फिट रहन चाहनेहरु पनि ‘ग्रीन टी’ पिउँन लालायित देखिन्छन्।विशेषज्ञहरुले पनि ‘ग्रीन टी’मा एन्टिअक्सिडेन्ट पाइने हुँदा मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्ने,सक्रिय र उर्जावान बन्न सहयोग...
गौतमबुद्धको मावली देवदहमा भेटियो प्राचीन इनार

गौतमबुद्धको मावली देवदहमा भेटियो प्राचीन इनार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रुपन्देही । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष,पुरातत्व विभागले उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिएका छन् । यही जेठ १६ गतेदेखि शुरु गरिएको उत्खननका क्रममा सो इनार भेटिएको हो ।लुम्बिनी विकास कोषले गत वर्ष पनि उत्खनन गर्दा इँटाको माथिल्लो भाग फेला पारेको थियो ।“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भने । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष र खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।पु...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।सरकारले भारत,अमेरिका,कतार,बेलायत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया,स्पेन,पोर्चुगल,डेनमार्क र इजरायलका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस प्रकारको निर्णय गरेको हो।त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने निर्णय भएको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । ...
प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघको निमन्त्रणा

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघको निमन्त्रणा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन् ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताए । राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने ...

अत्यधिक गर्मीले छालाका बिरामी बढे

ताजा अपडेट, समाचार, स्वास्थ्य
नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे । उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए । बाँकेस्थित साइनिङ अस्पताल, ९आइएनएफ०का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरा...
एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । उनले २७ गते काठमाडौं बैंक्वेटमा बन्द सत्र हुने र यसका लागिका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताए। उनले भने, ‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौ। । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं । यो बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेका छौं ।’ अध्यक्ष निरौलाका अनुसार अधिवेशनमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने छ ।पार्टी ...
थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको उल्लेख छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो । सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर...
नेप्से परिसूचक १.९३ अङ्कले घट्यो

नेप्से परिसूचक १.९३ अङ्कले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९३ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यससँगै साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ । यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो । यसबाहेक सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो । आज बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन । यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको ...
जनताको सुख दुःखमा सांसदको साथ र सहयोग चाहिन्छ : उमरावती यादव

जनताको सुख दुःखमा सांसदको साथ र सहयोग चाहिन्छ : उमरावती यादव

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छन्। ‘सांसदसँग रासस संवाद’का क्रममा उनले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिइन्।नेत्री सिंहले भनिन्,“संसद्‌मा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ,देशको शासन व्यवस्थाका लागि योगदान दिएका प्रमुख राजनीतिक दल मिलेर काम गर्नुपर्छ।हामीले जनताका सुख, दुःखमा साथ र सहयोग गर्नुपर्छ।” निर्वाचित सांसदले जनताको पक्षमा नै काम गर्नुपर्नेमा जोड दिँदै उनले संसद् तथा सरकारले जनताका समस्या तथा गुनासालाई सम्बोधन गर्छ भन्ने विश्वास दिलाउनुपर्ने बताइन्।लामो समयसम्म बञ्चितीकरणमा परेका वर्ग तथा समुदायलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले राज्यको मूलप्रवाहमा ल्याएको उनको भनाइ छ। जिल्लाका जनत...