ताजा अपडेट

महिला मन्त्री चौधरी र इजरायली राजदूतबिच शिष्टाचार भेट

महिला मन्त्री चौधरी र इजरायली राजदूतबिच शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन् । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन् । ...
मोदीको शपथमा नयाँदिल्ली जाने तयारीमा प्रचण्ड

मोदीको शपथमा नयाँदिल्ली जाने तयारीमा प्रचण्ड

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरु...
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, समाचार
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३।८ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षति भएको थियो ।...
सुनको मूल्यले रेकर्ड तोड्यो

सुनको मूल्यले रेकर्ड तोड्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च हुदै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो । यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो। महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।...
हावाहुरीले ढलेको रुखले च्यापिएर कैलालीमा किशोरीको मृत्यु

हावाहुरीले ढलेको रुखले च्यापिएर कैलालीमा किशोरीको मृत्यु

ताजा अपडेट, समाचार
धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।...
कर्णाली नदीमा एक जना बेपत्ता

कर्णाली नदीमा एक जना बेपत्ता

ताजा अपडेट, ब्यानर-२, समाचार
  धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका ४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका १ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए । बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । अहिले इलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले सांसदहरुले शून्य समयमा बोल्ने क्रम जारी छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची तय भएको छ । यसैगरी बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्री पुनले नै ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्...
मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने 

मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने 

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए । उनले भने, ‘कार्यकारी समितिको बैठकबाट मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द...
फोहोरमैलालाई मजाकको विषय नबनाऔँ :अध्यक्ष ओली

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ :अध्यक्ष ओली

ताजा अपडेट, ब्यानर-१, समाचार
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन्। विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु।” उनले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाज...
भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं ।वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज मनाइएको विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले काठमाडौँमा आयोजना गरेको मूल समारोहमा उनले सुरक्षित भविष्यका लागि वातावरण जोगाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनले निम्त्याएको समस्याका कारण सुक्का बढ्नुका साथै खानेपानीको सङ्कट निम्तिन सक्ने भन्दै यस विषयमा समयमा नै सचेत भएर वातावरण संरक्षण अभियानमा एकजुट भएर भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्नुपर्ने मन्त्री सुडीले बताए । “वातावरण जोगाएर हाम्रो सन्तानको भविष्य सुरक्षित गर्नुपर्छ । यसमा सरकार मात्रैले पनि सुधार गर्न सक्दैन, सबैको सहयोग आवश्यक छ”, उनले भने, “वातावरण सुधारका लागि सरकार निरन्तर...