ताजा अपडेट

सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
  काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बुधबार दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिको बैठक आज पहिलोपटक बसेको हो। समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने,सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल,नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।...

बालबालिका खोजतलास सेवाको प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ : मन्त्री चौधरी

ताजा अपडेट, राजनीति, समाचार
इटहरी ।महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिका खोजतलास सेवा(१०४) को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको बताएकी छन्। उनले हराएका बालबालिकाको खोजतलास,बेवारिसे फेला परेका बालबालिकाको उद्धार,सडक बालबालिका मुक्त राष्ट्र अभियान,जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार,संरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा(१०४) को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको बताएकी छन् । बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद् नेपालको आयोजनामा इटहरीमा भएको कोशी प्रदेशस्तरीय बालबालिका खोजतलास सेवा (१०४)कोसञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति २०८० स्व...
आफ्नै फार्मेसी सञ्चालन गर्न सबै अस्पताललाई काठमाडौं महानगरको निर्देशन

आफ्नै फार्मेसी सञ्चालन गर्न सबै अस्पताललाई काठमाडौं महानगरको निर्देशन

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५  दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले वुधबबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् । अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले जनाएको छ । ...
विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, फिचर, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले १६ जुन १९७२ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेपछि विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय ऐक्यबद्धता बनेको थियो ।त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न ५ जून,१९७३ मा विश्वकमा पहिलो पटक विश्व वातावरण दिवस अन्तराष्ट्रियकरण गरिएको हो ।यसरी संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुसार नै प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालियो । नेपालको  संविधानले मौलिक हकका रुपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधाको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरिएको छ । यो वर्षको वातावरण दिवस भूमि बचाउसँग केन्द्रित छ। भूमि पुनःस्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसला...
तीनकुनेको किराना स्टोरमा आगलागी

तीनकुनेको किराना स्टोरमा आगलागी

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजेर ३० मिनेटमा सुरु भएको आगो नियन्त्रण गर्न विभिन्न स्थानबाट दमकल आएको थियो । एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आइसकेको छैन । बानेश्वर प्रहरी वृतका डीएसपी रमेशकुमार तामाङले पौने घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताए । उनले आगो नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग भएको  पनि जानकारी दिए । ...
उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।नेपाली बजारमा आज -बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।मंगलबारको सुनको मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।...
चौथो आदिवासी चलचित्र महोत्सव आजदेखि

चौथो आदिवासी चलचित्र महोत्सव आजदेखि

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
काठमाडौं ।चौथो आदिवासी चलचित्र महोत्सव आज बुधबारबाट शुरु हुँदैछ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो। महोत्सवमा नेपालका लिम्बू, तामाङ,गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिएका छन्। चार दिनसम्म चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र,वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत गरिने महासंघले जनाएको छ। ‘मौलिक आदीवासी चलचित्र निर्माणमा प्रोत्साहन,अन्तराष्ट्रियकरण गर्ने आदीवासी जनजाति चलचित्र महासंघको अभियान’ भन्ने नाराका साथ हुन लागेको सो आदीवासी फिल्म फेस्टिभलमा लिम्बू भाषाको सुगुप,तामाङ भाषाको दार्वुङ,गुरुङ भाषाको मार्कली,मगर भाषाको रोस,थारू भाषाको जितिया २,राजवंशी भाषाको मोख,भुजेल भाषाको जन्मेदेखि मृत्यु संस्कार,नर्वेको वि...
बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगड

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगड

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् । सोही क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गर्दा अन्यले विरोध गरेका थिए । कुटाकुटको कारण पनि त्यही भएको प्रहरी निरीक्षक खतिवडाले बताए ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको बताए ।...
डोटीमा जिप दुर्घटना,२ जनाको मृत्यु, ७ घाइते

डोटीमा जिप दुर्घटना,२ जनाको मृत्यु, ७ घाइते

ताजा अपडेट, ब्यानर-२, समाचार
डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।...
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, समाचार
कास्की ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सराङकोटका जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास,खानेपानी,सडक लगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।  ...